विराटनगर

    Showing ६१-७० of ९४९ items.
  • नेपालमै पहिलो पटक केएमसीले सुरु गर्यो अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’

    विराटनगर–काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’ सञ्चालन गरेको छ । न्यूरो, कार्डियो र भास्कुलर सर्जरी गर्न मिल्ने प्रविधिसहितको अत्याधुनिक वाइप्लेन क्याथल्याब सञ्चालन गरिएको हो ।नेपालमै पहिलो पटक केएमसीले अत्याधुनिक वाइप्लेन क्याथल्याब सञ्चालन गरेको मुटुरोग बिशेषज्ञ प्रा.डा.राजेश नेपाल बताउँछन् । उनी भन्छन्, ‘क्याथल्याब त धेरैतिर छन्, तर न्यूरो, कार्डियो र भास्कुलर सर्जरी गर्न मिल्ने वाइप्लेन क्याथल्याब नेपालमा अन्त छैनन्, केएमसीले सुरु गरेको यो नेपालकै पहिलो अत्याधुनिक वाइप्लेन क्याथल्याब हो ।’ जर्मनबाट उपकरणहरु ल्याएर करिब २५ करोडको

    • प्रकाशित मितिः पुष २६, २०७९
    • ३६४ पटक पढिएको
  • जम्बो मन्त्री मण्डल बनाएर राजश्वमा लुट गर्न पाइदैन : नविन रिजाल

    विराटनगर–प्रदेश १ लगायतका प्रदेशहरुमा बन्ने सरकार सानो र छरितो हुनु पर्ने धारणा ब्यक्त गर्दै मोरङ ब्यापार संघका अध्यक्ष नविन रिजालले यदि जम्बो मन्त्री मण्डल सहितको सरकार बने त्यसले जनताले तिरेको करको दुरुपयोग हुने र विकास खर्च कटौती गरि चालुखर्च बढाउनु पर्ने अवस्था आउने भएकाले छरितो र सानो मन्त्री मण्डल सहितको सरकार बनाउन दलहरुलाई आग्रह गरेका छन । उनले अहिले विकास खर्च नभइरहेको अवस्था र बैंकको ब्याज दोहोरो अंकले आकाशिएको बेला सरकारले चालु खर्च घटाएर पूँजीगत खर्च बढाउनु पर्ने अवस्था रहेको छ । तर दलहरुले आफ्नालाई फाइदाका लागिमात्र बढी मन्त्रालय राखेर मन्त्री र राज्य मन्त्री थप्ने काम गरेभने

    • प्रकाशित मितिः पुष १६, २०७९
    • ४६५ पटक पढिएको
  • औद्योगिक क्षेत्रको समस्या समाधान गर्न सरकारलाई आग्रहः राष्ट्रपति भण्डारी

    विराटनगर–राष्ट्रपति विद्यादेवी भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह  गरेकी छन् । बिहीबारदेखि विराटनगरमा आयोजना भएको विराट एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह  गरेकी हुन् । राष्ट्रपति भण्डारीले विगतमा देशको प्रमुख औद्योगिक क्षेत्र रहेको विराटनगर पछिल्ला वर्षहरूमा आफ्नो गौरव कायम गर्न संघर्ष गरिरहेको बताएकी छन् । उनले आगामी दिनमा औद्यौगीकरणका लागि विराटनगरले देशलाई नै सन्देश दिन अग्रसर हुने विश्वास व्यक्त  गरिन् । विराटनगरमा आर्थिक तथा औद्योगिक विकासको धेरै सम्भावना रहेको बताउँदै उनले

    • प्रकाशित मितिः पुष १, २०७९
    • ३०९ पटक पढिएको
  • लगानीको संभाव्यताको छुट्टै पेभिलियन

    विराटनगर –विराटनगर–१४ स्थित डिग्री कलेज (पुरानो हवाई फिल्ड)को मैदानमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा प्रदेश १ मा लगानीकर्तालाई आकर्षित र लगानीको संभाव्यताको छुट्टै पेभिलियन राखिने भएको छ । प्रदेश १ लगानी प्राधिकरण, एसिया फाउण्डेशन र कन्सोर्टियमसँगको सहकार्यमा विराट एक्स्पोमा छुट्टै पेभिलियन राख्न लागिएको आयोजक समितिले जनाएको छ । पेभिलियनमा प्रदेश १ मा लगानीका लागि सम्भावित परियोजनाहरूको प्रदर्शन गर्ने, लगानी गर्न इच्छुकहरूका लागि आवश्यक सहजीकरण गर्ने उद्देश्य राखिएको छ । यस्तै, प्रदेश १ मा लगानीका क्षेत्रहरू, संभावित परियोजनाहरू, लगानीको मोडेल, लगानी सहजीकरणका नीतिगत का

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • १९५ पटक पढिएको
  • भन्सार कर्मचारीलाई धम्क्याएर अवैध सामान लिएर भागे तस्कर

    विराटनगर–विराटनगर नाकामा अवैध गतिविधि र कारोबार रोक्नका लागि भन्सारका अलावा नेपाल प्रहरी र शसस्त्र प्रहरीका जवान २४ घण्टा तैनाथ रहन्छन । उनीहरुको काम भनेको खुला सीमाको फाइदा उठाउदै कसैले भन्सार छलेर सामान नेपाल भित्र्याउन नपाओस । तर शुक्रबारको दृष्य भने फरक थियो । भन्सारका कर्मचारीले खुलेआम हुदै गरेको तस्करी रोक्न प्रयास गरेपनि भन्सारको ३ नम्बर गेटमा रहेको प्रहरी चौकीका कुनै प्रहरीले सहयोग गरेनन् । यति मात्रै होइन सीमामा तैनाथ शसस्त्र प्रहरीले पनि भन्सार कर्मचारीलाई सहियोग गरेनन् । जस्को कारण तस्करीको प्रयास सफल भयो । भन्सार नतिरि माल भित्रियो । शुक्रवार राती विराटनगर भन्सारका ६ अधिक

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • २८९ पटक पढिएको
  • औद्योगिक कच्चा पदार्थको आयातमा भाडा सस्तो हुने

    विराटनगर–११ महिना पछि भारतको जोगवनी नाकाबाट चार किलोमिटर नजिक रहेको मीरगञ्ज पुल संचालनमा आएको छ । जस्को कारण भारत लगायत तेश्रो मुलुकबाट आउने कच्चा पदार्थ लगायतको सामाग्री बोकेका मालवाहक ११६ किलोमिटर सुनसरीको भण्टावारी नाकाबाट घुमेर आउनु पर्ने झन्झट सकिएको छ । दैनिक ६८ वटा मालवाहक घुमेर आइरहेकोमा बुधबार १६८ वटा मालवाहक एकीकृत भन्सार जाँच चौकीबाट नेपाल प्रवेश गरेका छन । जस्को कारण एउटा ट्रक र कन्टेनरको १६ हजार ढुवानी भाडा जोगिएको छ । विराटनगर भन्सारका सूचना अधिकारी रामचन्द्र ढुंगानाले नेपाल भारत एकीकृत जाँच चौकीबाट बुधबार देखी मालवाहक आउन थालेको पुष्टि गरे । विराटनगर भन्सार कार्यालयका

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • १८३ पटक पढिएको
  • चुनाव जितेलगत्तै शर्माको ‘एक्सन’, गोठगाउँमा पूर्णकालिन अस्पताल

    विराटनगर–मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको पहलमा गोठगाउँस्थित पुर्वाञ्चल विश्वविद्यालयमा आगामी माघ १ गतेदेखि पूर्णकालिन अस्पताल सञ्चालन गरिने भएको छ । विश्वविद्यालयमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सांसद शर्मासहित विश्वविद्यालयका पदाधिकारीले अस्पताल सञ्चालन गरिने जानकारी गराएका हुन् । कार्यक्रममा सांसद शर्माले जुनसुकै हालतमा माघ १ गतेबाट अस्पताल सञ्चालन गर्ने गरी तयारीमा जुट्न विश्वविद्यालयका पदाधिकारीहरुलाई निर्देशन दिए । ‘माघ १ गतेबाट अस्पताल सञ्चालन गर्नुपर्छ, यसमा कुनै इन्तु किन्तु परन्तु केही चल्दैन,’ सांसद शर्माले भने, ‘अस्पताल चलाउँने जिम्म

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • ४३३ पटक पढिएको
  • ‘विराट एक्स्पो २०७९’ तयारी पुरा, राष्ट्रपतिबाट उद्घाटन हुदै

    विराटनगर–मंसिर २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने ‘विराट एक्स्पो २०७९’को तयारी पुरा भएको छ । उद्योग संगठन मोरङले आयोजना गर्दै आएको विराट एक्स्पोको यो सातौं श्रृंखला हो भने २३ बर्ष देखी निरन्तर रुपमा औद्योगिक तथा कृर्षि प्रर्दशनीको आयोजना गर्दै आएको छ । अन्य श्रृखंला भन्दा फरक रुपमा अयोजना गरिन लागिएको एक्स्पो मंसिर २९ देखि पुस ६ गतेसम्म बिराटनगरको डिग्री क्याम्पसको प्राङ्गणमा आयोजना गर्ने तयारी पुरा गरिएको हो । संगठनले आयोजना गरेको  पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष सुयषराज प्याकुरेलले बिराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीमा तीन लाखले अवलोकन

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • २६१ पटक पढिएको
  • मध्यरातमा ओलीको फोन आएपछि किन बिच्कीए ‘जोगी’

    विराटनगर–मोरङको क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारको रुपमा योगेन्द्र मण्डल जोगी निर्वाचित भए । विजयी भएको प्रमाणपत्र बुझेको राती अन्तिममा ७७ भएको मोबाइल नम्बरबाट कल आयो, तर योगेन्द्र मण्डल जोगीले फोन उठाएनन् । उनी आफ्नो कोर टिमका साथीहरुका साथ बसेर खाजा खाने तयारीमा जुटेका थिए । राजनीतिक दल नभएको कारण वडा र टोलसम्म उनको संगठन थिएन । थिए त उनीसंग उनका केही हितैसी साथीहरु मात्र । त्यसैले त्यो खुसीको दिनमा उनले आफ्ना नजिक साथीहरुलाई फोन गरेर संगै खाजा खानका लागि बोलाउन ब्यस्त थिए । दुईवटा फोनमा पालैपालो बधाई दिनेको ओइरो थियो । त्यहि मेसोमा काठमाडौंको नम्बरबाट फोन आय

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • ६६१ पटक पढिएको
  • बेतना सिमसार अगाडि सर्पदंश उपचार केन्द्र खोल्छु : डा.सुनिल शर्मा

    विराटनगर-बर्षेनी सर्पदंशको कारण ज्यान गुमाउन बाध्य मोरङ क्षेत्र नम्बर ३ का बासिन्दालाई विराटनगर र इटहरी पुग्दा ढिला हुने भएकाले अब तत्कालै नजिकै उपचार गराउन बेतना सिमसार अगाडी नै सर्पदंश उपचार केन्द्र खोल्ने प्रतिबद्धता डा. सुनिल शर्माले ब्यक्त गरेका छन । यस अघि पनि डा.शर्माले बेलबारीका स्थानियलाई सहज स्वास्थ्य सेवाका लागि ५० प्रतिशत छुट दिनेगरि सामुदायिक अस्पताल संचालनमा ल्याएका थिए । २०७४ को आम निर्वाचन हुनु अघि पनि बेलबारी, पथरी, कानेपोखरी लगायतका विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविर तथा गरिब तथा जेहेन्दारलाई निशुल्क छात्राबृत्तिमा अध्यायनको अवसर शर्माले प्रदान गर्दै आएका छन । 

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • ४२७ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल