देउवासँग संवाद गर्न सभापति गगन थापाले पहल गर्नुपर्छ : महामन्त्री संग्रौला
‘कांग्रेसलाई एकढिक्का बनाएर रूपान्तरणको पक्षमा अघि बढ्छु’
विराटनगर– नेपाली कांग्रेसकी नवनिर्वाचित महामन्त्री डा. डीला संग्रौलाले पार्टीलाई एकढिक्का बनाएर रूपान्तरणको पक्षमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। महामन्त्री बनेपछि पहिलो पटक बिहीबार विराटनगर विमानस्थलमा ओर्लिएकी संग्रौलाले विराटनगरवासीले आफूलाई पार्टीको गरिमामय पदमा पुर्याएकोमा गौरव महसुस ...