मुख्य समाचार

    Showing १-१० of ८५४ items.
  • पार्टी एकताका लागि मध्यमार्गी भूमिका अपनाएँ : डा. शेखर कोइराला

    विराटनगर-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजनबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको बताएका छन् । बिहीबार मोरङ क्षेत्र नम्बर–६ अन्तर्गत सुन्दरहरैंचामा आयोजित पार्टी अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै उनले पार्टीको एकता जोगाउनु नै आफ्नो प्राथमिकता रहेको स्पष्ट पारे।प्रतिनिधिसभा निर्वाचनको प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै नेता कोइरालाले निर्वाचनमार्फत मुलुकले स्पष्ट राजनीतिक निकास पाउने विश्वास व्यक्त गरे । विशेष महाधिवेशनमा सहभागिता नजनाएको विषयमा प्रष्ट पार्दै उनले भने, “म विशेष महाधिवेशनमा सहभागी भएको भए पार्टी विभाजनको जोखिम हुन सक्थ्यो। पार्टी नफुटोस्

    • प्रकाशित मितिः माघ ८, २०८२
    • ४४ पटक पढिएको
  • बुढीगंगा गाउँ पालिकामा पनि अब ‘नगर प्रहरी’

    विराटनगर–बुढीगंगा गाउँ पालिकामा पनि ‘नगर प्रहरी’ परिचालन भएका छन । गाउँ पालिकाले खुला प्रतिष्पर्धामार्फत छनौट भएका एक जना असइ सहित सात जना नगर प्रहरी परिचालन गरेको हो । छनौंट भएका सात जनालाई शसस्त्र प्रहरी बल ३ नम्बर कंकालिनी गण टंकी सिनुवारीले १५ दिन तालिम दिएको थियो । तालिम समापन कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगर पालिकाका मेयर नागेश कोइरालाले जनता र गाउँपालिका बिचको सेतुको काम नगर प्रहरीले गर्नु पर्ने भएकाले नम्र, अनुशासित हुन आवश्यक रहेको बताए । प्रशिक्षण पुरा गरेर ड्यूटीमा खटिन लागेका नगर प्रहरी र शसस्त्र प्रहरीका प्रशिक्षकहरुलाई बधाइ तथा धन्यवाद ज्ञापन गर्दै कोइरालाले नगरको शा

    • प्रकाशित मितिः साउन २३, २०८२
    • १,०४९ पटक पढिएको
  • जोगवनी नाकामा लागु औषध र विष्फोटक पदार्थको निगरानी तालिम प्राप्त कुकुरबाट गरिदै

    विराटनगर–जोगवनी नाकाबाट नेपाल प्रवेश गर्न सक्ने हात हतियार र लागु औषध नियन्त्रणका लागि नेपाल प्रहरीको तालिम प्राप्त दुई कुकुर परिचालन गरिएका छन । बिहिबार इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरिक्षक कविन राईको कमाण्डमा खटिएको टोलिले रानी र जोगवनी सीमामा आउने मानिस, सवारी साधानहरुमा कुकुरद्वारा निरिक्षण र खोज तलास गराएको छ । मानिसले सजिलै फेला पार्न नसक्ने वस्तुहरू तालिमप्राप्त कुकुरले सजिलै पत्ता लगाउने गरेका छन् । नेपाल प्रहरीका विशेष तालिमप्राप्त कुकुरहरूले हाल कोशी प्रदेशका भारतीय सीमा क्षेत्रमा बन्दुक, विस्फोटक पदार्थ र लागुऔषधको खोजतलासलाई तीव्र बनाएका छन् ।विराटनगर भन्सार क्षेत्

    • प्रकाशित मितिः साउन २३, २०८२
    • ५५६ पटक पढिएको
  • कोशी प्रदेशमा ५३८ आवास निर्माणसम्पन्न, पूर्वाधारमा उल्लेखनीय प्रगति

    विराटनगर–कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा सडक, भवन, शहरी पूर्वाधार र आवास निर्माणमा उल्लेखनीय प्रगति गरेको छ । मन्त्रालयको एक वर्षे गतिविधिमा बहुवर्षीय सडक आयोजनाको तीव्र कार्यान्वयन, आवास निर्माण, पुल तथा झोलुङ्गे पुल स्थापना, नगर तथा गाउँपालिकासँगको सहकार्यमा फोहोरमैला व्यवस्थापन र सार्वजनिक संरचनाहरूको निर्माणसहित बेरुजु रकम फर्स्यौटमा समेत सुधार गरिएको छ ।भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले गत वर्ष सम्पन्न योजनाहरूमार्फत ५३८ आवास निर्माण गरी हस्तान्तरण गरिएको छ भने ११ वटा बहुवर्षीय सडक योजनाबाट मात्रै ११५.२३ किलोमिटर कालोपत्रे, १७

    • प्रकाशित मितिः साउन ११, २०८२
    • ७३६ पटक पढिएको
  • ८१ प्रतिशत वित्तीय प्रगति, अघिल्लो आर्थिक वर्षको तुलनामा ७.६ प्रतिशतले राजस्व वृद्धि

    विराटनगर। संघीयता र प्रदेश संरचनाको प्रभावकारितामाथि प्रश्न उठिरहेका बेला कोशी प्रदेश सरकारले पछिल्लो एक वर्षमा उल्लेखनीय प्रगति गरेको छ। पूर्वाधार निर्माण, लगानी आकर्षण, वित्तीय अनुशासन र नागरिक सेवा सुधारजस्ता क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको प्रदेश सरकारले यी पहलहरूले संरचनालाई बलियो बनाउनुका साथै विकास र समृद्धिको आधार तयार पारेको जनाएको छ । प्रदेश संरचना कमजोर भएको आरोप लागिरहेको समयमा कोशी प्रदेशले वित्तीय व्यवस्थापनमा आफूलाई अब्बल साबित गरेको छ। संघीय सरकारको वित्तीय प्रगति न्यून रहँदा कोशी प्रदेशले गत आर्थिक वर्षमा करिब ८१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। मुख्यमन्त्रीका

    • प्रकाशित मितिः साउन ११, २०८२
    • ९४० पटक पढिएको
  • भोजपुर उद्योग वाणिज्य सङ्घको १४औं वार्षिक साधारण सभा सम्पन्न, निजी क्षेत्रको भूमिकाबारे जोड

    निरोज कोइरालाभोजपुर –भोजपुर उद्योग वाणिज्य सङ्घको १४औं वार्षिक साधारण सभा नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष तथा महासङ्घका केन्द्रीय सदस्य राजेन्द्र राउतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। सभाको उद्घाटन गर्दै अध्यक्ष राउतले उद्योगी, व्यापारी तथा व्यवसायीहरूका समस्या, चुनौतीको समाधान र प्रेरणाका लागि महासङ्घले अभिभावकको भूमिका निर्वाह गर्दै आएको बताए। निजी क्षेत्रको लगानीको सुनिश्चितता, दिगोपन, सुरक्षा र निरन्तरताका लागि महासङ्घ प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले स्थानीय उत्पादन, विशेषगरी खुकुरीजस्ता साना तथा घरेलु उद्योगको विकास र ब्रान्डिङमा जोड दिन आग्रह गरे। अध्यक्ष राउतले

    • प्रकाशित मितिः असार २८, २०८२
    • ७६३ पटक पढिएको
  • ‘राजा महेन्द्रको पञ्चायत, विपिको घोषणापत्रको फोटोकपी हो’

    विराटनगर-सरकारको अर्थनीति गरिब जनतालाई लक्षित हुनुपर्नेमा अहिले नेपाली कांग्रेसबाटै अर्थमन्त्री भएका व्यक्तिहरूले समेत विपी कोइरालाको समाजवादले परिकल्पना गरेको जस्तो गरी गरिबको उत्थान गर्ने कार्यक्रम ल्याउन नसकेको प्राज्ञहरूले बताएका छन्।वक्ताहरूले भने, "विपीले बजेट बनाउँदा भित्तामा गरिबको फोटो टाँसेर बनाउनु ताकी उनीहरूको अवस्था सुधार गर्न सकियोस्" भन्ने भनाइ आज पनि सान्दर्भिक छ। तर, सरकारले ल्याउने बजेटले गरिबलाई झन् गरिब र धनीलाई झन् धनी बनाउने प्रवृत्ति देखिएको आरोप समेत प्राज्ञहरूले लगाएका छन्।वीपी कोइराला सोसलिष्ट इन्टरनेशनल नेपालको आयोजनामा ‘विपीको प्रजातान्त्रिक समाजवादको आर्थिक अवधारणा

    • प्रकाशित मितिः असार १५, २०८२
    • १,४१३ पटक पढिएको
  • विराटनगर ओर्लिएपछि भक्कानिए मेयर कोइराला भने ‘विराटनगरवासीको प्रार्थनाले मलाई बचायो’

    विराटनगर–इजराइल र इरान बिचको मिसाइल युद्धको कारण बंकरमा बसेर आफ्नो ज्यान जोगाएर विभिन्न देश हुदै बिहिबार राति विराटनगर विमानस्थल उत्रिएका विराटनगर महानगरका मेयर नागेश कोइराला बोल्दाबोल्दै भक्कानिएका छन । इजराईल सरकारको निमन्त्रणामा जेठ २६ गते सहकारी र कृषि प्रविधिको प्रयोग एवं शहरी विकासको अध्ययनका भ्रमणका क्रममा रहेका मेयर नागेश कोइराला इजराइल पुगेको तेश्रो दिनबाट दुबै देशबिच युद्ध सुरु भएको थियो । युद्धको त्रसादी कहिल्यै अनुभव नभएका उनी त्यहाँको काहालिलाग्दो अवस्थाको वर्णन गर्दागर्दै भक्कानिएका थिए । मिलाईल खस्दै छ भन्ने साइरन बजेपछि बंकरमा गएर बस्नु पर्ने र मिसाई डिफ्यूज भएपछि या

    • प्रकाशित मितिः असार ५, २०८२
    • ८८४ पटक पढिएको
  • जग्गा किनबेचको सिफारिस दिन वडा कार्यालयले गर्यो इन्कार

    विराटनगर–बुढीगंगा गाउँ पालिकाको वडानम्बर १ का वडाध्यक्षले जग्गा किनबेचको सिफारिस नदिदा जग्गा किन्ने र बिक्री गर्ने स्थानियले तनाव ब्यहोर्नु परेको छ । राजश्व संकलनको प्रमुख स्रोत रहेको जगगा किनेबेचबाट आउने राजश्व पनि प्रभावित बनेको छ । वडाध्यक्षको हठको कारण संविधानले व्यवस्था गरेको नीजि सम्पत्तिको अधिकारबाट समेत स्थानियलाई बञ्चित गर्ने काम भएको छ । वडाध्यक्ष सोमप्रसाद काफ्लेले जग्गा प्लटिङवाला गणेश थापासंगको प्रतिशोध साध्न जग्गाको किनवेचको सिफारिस दिन झमेला खडा गरेको पीडितहरुले बताएका छन ।  साविकको टंकी सिनुवारी ३ को ‘३ ङ’को ११० नम्बर कित्ताबाट किताकाट गरि दुई वटा घडेरी पास गर्न

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • १,४३४ पटक पढिएको
  • कर्मचारीमाथि अनुसन्धान हुदैमा गृहमन्त्रीले राजीनिमा दिनु पर्दैन : सिटौला

    विराटनगर–नेपाली कांग्रेसका नेता कृष्ण सिटौंलाले मन्त्रालयको एउटा कर्मचारीमाथि अनुसन्धान हुदैमा गृहमन्त्रीले राजीनामा दिनु नपर्ने बताएका छन । विराटनगरमा संचारकर्मीसंगको कुराकानीमा सिटौंलाले कर्मचारीमाथि प्रश्न उठ्ने वित्तिकै गृहमन्त्रीले राजीनामा दिन नहुने उल्लेख गरे । भिजिट भिषामा जानेहरुबाट अवैध रकम लिएको बिषयमा अख्तियारले अनुसन्धान गरिरहेको छ ति कर्मचारीमाथि निचोड बाहिर आउन बाँकीनै छ अनुसन्धान हुदैछ । यसमा हतारिएर मन्त्रीले राजीनामा दिन आवश्यक छैन ।  गोकुल बास्कोटा, जनार्दन शर्मा, रामशरण महत, माथिनै प्रश्न उठेकाले उहाँहरुले राजीनामा दिनुभयो तर अहिले कर्मचारी माथि प्रश्न उठेको

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • १,३०५ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल