मुख्य समाचार

    Showing ३१-४० of ८०५ items.
  • देश अराजकता तर्फ उन्मुख भएकाले माओवादी नेतृत्वको सरकार परिवर्तन गर्नुपर्छ : नेता कोइराला

    विराटनगर–मुलुकमा हरेका खालको अराजकता फैलिएको बताउदै नेपाली कांग्रेसका नेता शेखर मुलुकलाई अराजकताबाट जोगाउन माओवादीको नेतृत्वको सरकार परिवर्तन गर्नु पर्ने बताए । कोइरालाले आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक अराजकतातर्फ देश उन्मुख भएको बताउदै अहिलेको सरकारले मुलुकलाई अराजकताबाट मुक्ती दिलाउन नसक्ने भएकाले सरकार परिवर्तन आवश्यक रहेको बताए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले माओवादी नेतृत्वको सरकारले जनताका समस्या समाधान गर्न नसकेको आरोपसमेत लगाए । सरकारले जनतामा आशा जगाउनसमेत नसकेको उनको टिप्पणी थियो । कांग्रेस नेतृत्वको सरकारले मात्रै देशमा विद्यमान समस्

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • २४१ पटक पढिएको
  • अचेत भएका प्रताव सदालाई मृतक सम्झेपछि दिनभरि भाइरल

    विराटनगर–कहिलेकाँही भाइरल भइरहेको बिषय बस्तुको गहिराईमा नपुगि अथवा त्यसलाई दोहोरो परिक्षण नगरि त्यस्ता सामाग्रीलाई संचारमाध्यमले समेत महत्व दिँदा हुदैनभएको खबर प्रचार र प्रसार हुनपुग्छ । जसले आम पाठकमा भ्रम श्रृजना गर्छ । पत्रकारिता पेशाप्रति नै प्रश्नचिन्ह खडा हुन्छ । आइतबार त्यस्तै भयो । इनरुवा ३ बन कार्यालय छेउका ४५ बर्षिय प्रताव सदालाई अस्पतालले मृत घोषणा गरेर पठाएको तर उनी घाट लाने बेलामा उनी ब्यूझिएको खबर सनसनी भयो । अनलाईन, यूट्यूब र सामाजिक संजालमा खबर भाइरल बन्यो । उनको उपचारका लागि भर्ना भएको विराटनगरको मेट्र न्यूरो अस्पतालका संचालक सन्तोष मेहताले अस्पतालले मृतक घोषणा नगरि

    • प्रकाशित मितिः मंसिर २६, २०८०
    • ११० पटक पढिएको
  • चार जनालाई उपचारका लागि नेपाली सेनाको स्काईट्रक मार्फत राजधानी पठाइयो

    विराटनगर–सातघुम्ति रोडमा बुधबार आगलागि हुदाँ कवाडी संचालक दिपक मण्डल र अर्की एक महिलाको मृत्यू भएको छ । महिलाको पहिचान खुलेको छैन । कवाडी गोदाममा कसरी आगोलाग्यो भन्ने खुलेको छैन । दमकल र स्थानिय प्रहरीले आगो नियन्त्रणमा लिएका छन । आगलागिमा परि ४ जना गम्भिर घाईते भएका छन । चारैजनालाई नेपाली सेनाको स्काइट्रक  मार्फत संघिय राजधानी काठमाडौं उपचारका लागि लगिएको छ । आगलागिको कारणबारे अध्ययन भइरहेको मोरङ प्रहरी प्रवक्ता रञ्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार कबाडीमा कुनै प्रज्ज्वलनशील पदार्थको क्यान कुच्याएको र त्यहिबाट ग्याँस लिक भई आगोको सम्पर्कमा आएर घटना भएको हुनसक्ने अनुमान गरिएक

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • २०० पटक पढिएको
  • पाँच जनालाई ३९ वर्ष कैद र ६८ करोड ३२ लाख २२ हजार रुपैयाँ असुल गर्न आदेश

    विराटनगर–यातायात ब्यावस्था कार्यालय इटहरीमा भएको राजश्व हिनामिनाका ५ आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पाँचजनालाई ३९ बर्ष ५ महिना २३ दिन कैद र ६८ करोड ३२ लाख राजश्व असुल गर्न बिषेश अदालतले यस अघि नै फैसला सुनाएको थियो । राजस्व रकम हिनामिना मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीका तत्कालिन प्रमुख उप सचिव नयराज नेपाल सहित पाँच जनालाई पक्राउ गरिएको हो । नेपाल अवकाश पाउनु एक बर्ष पहिले यातायात कार्यालयमा सरुवा भएका थिए ।  । प्रहरीले लेखापाल मणीराम दाहाल, कुमारबहादुर कटुवाल, टिकाराम अधिकारी र देवराज ने

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • ९० पटक पढिएको
  • अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउनुपर्छ : मेयर कोइराला

    विराटनगर–विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले औपचारिक क्षेत्रका मात्र नभएर अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा सहभागी गराउनुपर्ने बताएका छन ।  छैटौं सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोष विराटनगरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले अहिलेसम्म औपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई मात्रै कोषले समेटेको बताए । उनले कोषले उद्योगमा कार्यरत मजदुरलाई मात्रै नसमेटेर पसललगायत अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि कोषमा समेट्नुपर्नेमा जोड दिए । उनले भने‘अहिलेसम्म कोषले ठूला उद्योग र व्यावसायिक प्रतिष्ठानमा कार्यरत श्रमि

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • १०८ पटक पढिएको
  • उद्योगी व्यवसायीका माग सम्बोधन गर्ने स्थानिय सरकार प्रमुखहरुको प्रतिबद्धता

    विराटनगर–उद्योगी व्यवसायीका मागहरु सकेसम्म सम्बोधन गर्दै स्थानिय तहको क्षेत्रभित्र पर्ने उद्योग व्यवासायलाई उथ्थानका लागि सकेसम्म मागहरुको सम्बोधन गरिएको एक अन्तरक्रियामा स्थानिय तहका प्रमुखहरुले बताएका छन । सोमबार मोरङ–सुनसरी करिडोरका तीनवटा स्थानीयतहमा स्थानीय सरकार तथा स्थानीय उद्योगी व्यवसायीका बिच भएको अन्तरक्रियामा प्रमुखहरुले उक्तकुरा बताएका हुन ।  नेपाल उद्योग वाणिज्य महासंघ कोशीप्रदेश र काठमाडौं स्थित कम्यूनिटी इन्गेजमेन्ट्स एण्ड आउटरिच प्रालिको सहकार्यमा लगानी प्रवद्र्धन र वातावरण संरक्षणका क्षेत्रमा सहकार्य प्रवद्र्धनमा केन्द्रित रहेर यस क्षेत्रका बिराटनगर महानगरपालिका, कट

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • १२० पटक पढिएको
  • हात्ती आक्रमणबाट चार जनाको मृत्यू

    विराटनगर–हात्तीको आक्रमणवाट मोरङमा सोमवार थप एकको मृत्यु भएको छ । यो सहित मंसिरमा हात्तीको आक्रमणवाट पूर्वी तराईका मोरङ, सुनसरी र झापामा मृत्यु हुनेको सख्या चार पुगेको छ ।मोरङको वेलवारी १० भाउन्ने स्थित सृजना सामुदायिक वनमा जंगली हात्तीले आक्रमण गर्दा लेटाङ नगरपालिका ३ घर भएका ५३ वर्षिय कमल माझीको मृत्यु भएको प्रहरीले वताएको छ । उनी जंगलवाट जाँडरक्सी वनाउन प्रयोग गरिने कच्चा पदार्थ मोर्चा लिएर फर्कदै गरेको अवस्थामा हात्तीले आक्रमण गरेको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार हात्ती जाँडरक्सी र त्यसको कच्चा पदार्थप्रति बढी आक्रामक हुने गर्छ ।यसअघी गत विहिवार सुनसरीको इटहरी २ स्थित शान्तिझोडामा जंग

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • ६४ पटक पढिएको
  • मुलुकको अर्थतन्त्र उकास्न सरकार अल्मलियो : पूर्व अर्थमन्त्री खतिवडा

    विराटनगर–मुलुकको अर्थतन्त्र उकास्न सरकार अलमलिएको तर अर्थतन्त्र संकटमा भने नरहेको पूर्व अर्थमन्त्री युवराज खतिवडाले बताएका छन । अर्थतन्त्र संकटउन्मूख भएपनि अहिलेको अवस्था भन्दा तल नजाने बताउदै उनले सुचाकांकहरु सकारात्मक देखिएकाले अर्थतन्त्र संकटमा छ भन्न नमिल्ने बताए । मोरङ ब्यापार संघको ‘बिज टक’ कार्यक्रमको नवौं श्रृखंलामा आफ्नो धारणा राख्दै खतिवडाले व्यावसायी,उद्योगी र ब्यापारीहरुको मनोबल खस्कनुमा एउटा मात्रै कारण नभएको उल्लेख गर्दै एउटा महत्वपूर्ण कारण लागत बढ्नु रहेको बताए । सरकारले अर्थतन्त्र उकास्ने कार्यक्रम ल्याउनु पर्नेमा अन्यत्र बढी प्राथमिकता दिएको आभास भएको बताउदै खतिवडाल

    • प्रकाशित मितिः मंसिर १८, २०८०
    • १०४ पटक पढिएको
  • ‘चराको स्वर्ग’ कोशीटप्पुमा ल्याइएका दुई गैंडा पर्यटकका प्रमुख आकर्षण

    विराटनगर–चितवनमा मात्र रहेको एकसिंगे गैंडा अब चराको स्वार्ग भनेर चिनिने कोशीटप्पु बन्यजन्तु आरक्षमा पनि देख्न पाइन थालेको छ । चितवनबाट असोज १० गते ल्याइएका पोथी गैंडा चार बर्षिय पुष्पा र तीन बर्षिय अन्जलीले पूर्वेली पर्यटकलाई तानेका छन । कोशी टप्पु बन्यजन्तु आरक्षको कार्यालय सुनसरीमा भएपनि आरक्ष मेधश प्रदेशको सप्तरी र कोशी प्रदेशकै उदयपुर गरि तीन जिल्लालाई समेटेर बनेको छ । जंगली भैंसी अर्नाको प्राकृतिक बासस्थान रहेको कोशी टप्पु चराका लागि पनि स्वार्गिय भूमि मानिन्छ । अझ यहाँ गैंडा थपिएपछि आन्तरिक पर्यटकको भिड नै लाग्ने गरेको नेपाल प्रकृति संरक्षण कोष कोशीटप्पुका अधिकृत बीरेन्द्र गौतम बताउ

    • प्रकाशित मितिः मंसिर १८, २०८०
    • ७८ पटक पढिएको
  • १४ करोडको कपडा अबैध भएको आशंकामा राजश्वको छापा

    विराटनगर-१४ करोडको कपडा आयात गरि गोदाममा राखिएको अवस्थामा विराटनगर महानगरको जनपथटोलमा रहेको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजश्व अनुसन्धान विभागको टोलीले आइतवार छापा मारेर भन्सारवाट आयात भएको परिमाण अनुसार मालवस्तुको गणना सुरु गरेको छ । विभागको टोलीले एकवर्ष अवधिमा यो सप्लायर्समा छापा मारेको यो तेश्रो पटक हो ।यो सप्लायर्समा यसअघी स्थानीय प्रशासन र आन्तरिक राजश्व कार्यालयले पनि छापा मारेर स्टक परिमाणको अध्ययन गरेको थियो । यसअघी गरिएको छापामा आन्तरिक राजश्व कार्यालय र विभागको टोली रित्तोहात फर्केको सप्लायर्सका मालिक सञ्जीव भगतको दावी छ ।सुति र पप्लिन कपडाको कारोवार गर्ने यो सप्लायर्समा हाल १४

    • प्रकाशित मितिः मंसिर १७, २०८०
    • ७७ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल