उमा थापा 

ग्रीस-विभिन्न कारणले पासपोर्ट गुमाएर अलपत्र परेर बसेका नेपालीहरुले अब ग्रिसमा नै पासपोर्ट (राहदानी) बनाउन पाउने भएका छन् ।


विभिन्न मुलुक हुदै ग्रिस आइपुगेका नेपालीले पासपोर्ट हराएर वा म्याद सक्किएर अलपत्र भएर बस्नुपरिरहेको अवस्थाको अन्त्य गर्न राहदानी बनाउने व्यवस्थाको लागि पहल भइरहेको अष्ट्रियाका लागि नेपाली राजदुत भरतकुमार रेग्मीले जानकारी दिए । 


एनआरएनए ग्रिसका अध्यक्ष कृष्ण पोखरेल, नेपाल दुतावास ग्रिसका सहयोगी सन्तोष आचार्य लगायत यहाँको नेपाली समाजसँगको छलफलमा राजदुत रेग्मीले जतिसक्दो चाँडो पासपोर्ट यहि बनाउने व्यवस्था मिलाउन पहल भइरहेको जानकारी दिएका हुन । 


विभिन्न मुलुकबाट ग्रिस आइपुगेका आप्रवासी नेपालीहरुका लागि सहजरूपमा पासपोर्ट बनाउन पाउने ब्यवस्था गर्न आफुले परराष्ट्र मन्त्रालयसँग समन्वय गरिरहेको उनले बताए । अन्य मुलुकको तुलनामा ग्रिसमा धेरै संख्यामा नेपाली आप्रवासीको बसोबास रहेको हुनाले जतिसक्दो छिटो पासपोर्ट बनाउने टोलि आउने विश्वास ब्यक्तगरे । 

uma pic 2


पासपोर्टका कारण समस्यामा रहेका नेपालीहरुको समस्या समाधान विश्वास ब्यक्त गर्दै राजदुत रेग्मीले पासपोर्ट बनाउन एक सय बीस युरो शुल्क लाग्ने समेत जानकारी दिए । उनले भने‘चाँडै पासपोर्ट प्राप्तिलाई सहज बनाउन नेपाल र ग्रिस सरकारसँग पहल गरिरहेका छौं, आशा छ तीन महिनाभित्र ग्रिसमा नै पासपोर्ट बनाउने वातावरण बन्नेछ ।’


ग्रिसको पराष्ट्र मन्त्रालयका अनुसार हाल यहाँ एक हजार पाँच सयको संख्यामा आप्रबासी नेपालीहरुको पासपोर्टको समस्या रहेको छ । छलफलका क्रममा राजदुत रेग्मीले नेपाल प्रतिको माया कायमै राख्न सबैलाई आग्रह समेत गरे । ग्रिसमा नै पासपोर्ट बनाउन पाउने खबर पाएपछि यहाँ बस्ने नेपालीहरुमा खुसीको संचार भएको छ । ।