विराटनगर

    Showing ५१-६० of ९४९ items.
  • २ करोड ५० लाख खर्च गर्दै रात्रीकालिन फुटबल, विजेताले २० लाख पाउने

    विराटनगर–चैत ९ देखि शहिद मैदानमा सुरु हुने रात्रीकालीन सातौ विराट गोल्डकप फुटवल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ ।्आयोजक विराट गोल्डकप ट्रष्टले सोमवार पत्रकार भेटघाट कार्यक्रम गरी चैत १७ सम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी र विदेशी सहित ८ टिमको सहभागीता रहने र प्रतियोगिता सञ्चालनकालागि २ करोड ५० लाख खर्च हुने अनुमान गरिएको जानकारी दिएको छ ।प्रतियोगिताका कोअडिनेटर सुवाशीष कोइरालाका अनुसार विजेता टिमले  २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैया पुरस्कार पाउने छन । त्यसैगरी विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैया पुरस्कार पाउने छन । प्रतियोगिताको छैटौ सस्करण वि

    • प्रकाशित मितिः चैत्र ७, २०७९
    • ५०१ पटक पढिएको
  • डा.सुनिल शर्मा, डा. शेखर कोइराला र आचार्यको पहल सार्थक

    विराटनगर–लामो समयको पहलपछि अन्ततः मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनकालागि बाटो खुलेको छ । मन्त्रिपरिषद् बैठकले मेडिकल कलेज सञ्चालनकालागि कोसी अस्पतालमा प्रयोगात्मक अभ्यास गर्नदिने निर्णयगरेपछि गोठगाउँमा मेडिकल कलेज सञ्चालनगर्न बाटो खुलेको हो ।गोठगाउँमा मेडिकल कलेज सञ्चालनकालागि प्रतिनिधि सभा सदस्यद्वय डा.शेखर कोइराला, डा.सुनिलशर्मा र प्रदेश मन्त्री जीवन आचार्यले निरन्तर पहलगरिरहेका छन् । मोरङको क्षेत्र नं. ३ बाट निर्वाचित सांसद शर्माले चुनावी एजेण्डाकै रुपमा यसलाई अघि सारेका थिए । सेवाविस्तार गर्दै मेडिकल कलेज सञ्चालनगर्ने डा.शर्माको योजनाअनरुप गत माघ ४ गते अस्

    • प्रकाशित मितिः फाल्गुन २, २०७९
    • ४४४ पटक पढिएको
  • बैंकहरुले बढीमा १ प्रतिशतमात्र प्रिमियम थप गर्न पाउने ब्यावस्था गर्न अर्थमन्त्रीलाई आग्रह

    विराटनगर– मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजाल र उद्योग संगठन मोरङका उपाध्यक्ष नन्द किशोर राठीले अर्थ मन्त्री माननीय विष्णु प्रसाद पौडेललाई भेट गरी विद्यमान बैंकिङ जटिलताहरु निराकरणका लागि पुनः पहल गरेका छन् । दुवैले  अर्थ मन्त्रीलाई भेट गर्दै बैंकहरुको उच्च प्रिमियम दरका कारण बैंक व्याज दर चर्को हुन गएको बताउँदै बढिमा १ प्रतिशत मात्र प्रिमियम थप गर्न पाउने व्यवस्था ल्याउन अनुरोध गरेका थिए । त्यस्तै, बैंकहरुले पछिल्लो अवस्थामा बैंकिङ शुल्कहरु अचाक्ली रुपले बढाएकोले त्यसलाई समेत न्यून गराउन निर्देशन दिन अनुरोध गरेका छन् । साथै, अध्यक्ष रिजालले मोरंग व्यापार संघको विगतका पहलहरुबाट ने

    • प्रकाशित मितिः फाल्गुन २, २०७९
    • २९८ पटक पढिएको
  • विराटनगरको विकासका लागि अमेरिकी सरकारसँग समन्वय गर्छौं : राजदूत

    विराटनगर-नेपालका लागि अमेरिकाका राजदूत डिन आर थोम्सनले विराटनगरको विकासका लागि अमेरिकी सरकारसँग समन्वय गर्न तयार रहेको बताएका छन् । विराटनगर महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसँगको शिष्टाचार भेटमा राजदूत थोम्सनले विराटनगरको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि अमेरिकी सरकारसँग आफूले समन्वयकारी भूमिका खेल्ने बताए । उनले शिक्षा र स्वास्थ्यमा सुधार नगरेसम्म विकास सम्भव नभएको प्रतिक्रिया दिए । “जति पनि मुलुकले विकास गरेका छन् ती मुलुकले शिक्षा र स्वास्थ्यमा  सुधार गरेकै कारण विकास भएको हो,” थोम्सनले भने । मानव बेखविखन र ओसारपसारका सम्बन्धमा पनि थोम्सनले ज

    • प्रकाशित मितिः माघ १९, २०७९
    • ४११ पटक पढिएको
  • नोना कोइराला स्मृती दिवशमा ५६५ महिलाको पाठेघरको निशुल्क परिक्षण

    विराटनगर-नोना कोइराला स्मृती दिवशको अवसरमा नोना कोइराला स्मृती प्रतिष्ठान बनलौरी इक्राहीमा ‘पाठेघरको मुखको क्यान्सर स्क्रीनिङ शिविरमा’ ५६५ जना महिलाको पाठेघरको निशुल्क परिक्षण गरिएको छ । नोना कोइरालाका सुपुत्र तथा प्रतिष्ठानका संरक्षक डा.शेखर कोइरालाले महिलाको स्वास्थ्य परिक्षण गरेर स्वास्थ्य शिविरको उद्घाटन गरेका थिए । प्रतिष्ठानका अध्यक्ष डा.नारायण कुमारले पनि विरामी महिलाहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।  कोशी अस्पताल, नोवेल मेडिकल शिक्षण अस्पतालको सहयोगमा संचालित शिविरमा प्रो.डा.सीता पोखरेल घिमिरेको नेतृत्वमा रहेको चिकित्सकको टोलीले विराटनगर ४ बनलौरीमा रहेको प्रतिष्ठानको भ

    • प्रकाशित मितिः माघ १९, २०७९
    • ४८९ पटक पढिएको
  • सरकारले जनतामा आशा जगाउन सकेन : डा. कोइराला

    विराटनगर-नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले जनतामा आशा जगाउन नसकेको आरोप लगाएका छन् ।नेपाली कांग्रेस बराहक्षेत्र नगरपालिका वडा नम्बर ४ कार्यसमितिले बुधबार सुनसरीको जमकोटीमा आयोजना गरेको ‘नोना कोइराला स्मृति भवन’ (पार्टी वडा कार्यलय)को शिलान्यास समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले जनतामा झनै निराशा बढेर गएको टिप्पणी गरे । उनले सरकार गम्भीर नभए मुलुकमा अझै ठूलो आर्थिक संकट निम्तिने चेतावनीसमेत दिनुभयो । “आर्थिक समस्याकै कारण उद्योगी व्यवसायीहरुले सुसाइट गरिरहेका छन्,” कोइरालाले थपे, “यो मुलुकका लागि राम्रो संकेत होइन ।” आर्थिक समस्या समाधानका लागि सबै दल

    • प्रकाशित मितिः माघ १९, २०७९
    • २४९ पटक पढिएको
  • पत्रकार घिमिरेलाई नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार

    विराटनगर–वरिष्ठ पत्रकार युवराज घिमिरे ‘नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार–२०७९’ बाट सम्मानित भएका छन् । कोइरालाको १५ औं स्मृति दिवसको अवसरमा विराटनगरमा आयोजित एक कार्यक्रममा नोना कोइराला प्रतिष्ठानका संरक्षकसमेत रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले घिमिरेलाई पुरस्कार वितरण गरेका हुन् ।कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले नोना आमाकै कारण आफू राजनीतिमा लागेको बताए । पुरस्कार ग्रहणपछि पत्रकार घिमिरेले नेतृ नोना कोइरालाको नाममा स्थापना भएको पुरस्कारबाट सम्मानित हुँदा आफू साँच्चै सम्मानित भएको महसुस  गरेको बताए । कार्यक्रममा नोना कोइराला प्रतिष्ठानका संरक्षक एवं

    • प्रकाशित मितिः माघ १५, २०७९
    • ५६८ पटक पढिएको
  • कञ्चनबारीमा निशुल्क स्वास्थ्य शिविर, ३६१ लिए नि:शुल्क उपचार

    विराटनगर–विराटनगर महानगर पालिका वडा नम्बर ४ को आधारभूत विद्यालयमा संचालन भएको स्वास्थ्य शिविरमा ३६१ जना स्थानियले निशुल्क उपचार गराएका छन । स्त्री तथा प्रशुती रोग विषेशज्ञ डा.सीता पोखरेल घिमिरेको नेतृत्वमा नोवेल मेडिकल सिक्षण अस्पतालको आयोजनामा भएको शिविरमा बरिष्ठ चिकित्सकहरुले विरामीको निशुल्क स्वास्थ्य परिक्षण गरेका थिए । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाको निर्वाचन क्षेत्रका विपन्न परिवारलाई लक्ष गरि स्वास्थ्य शिविरको आयोजना गरिएको हो । शिविरमा महिला, बालबालिका, हाडजोर्नी, स्त्रीरोग, दन्तरोग र फिजिसियनसंग आवद्ध विषेशज्ञ चिकित्सकले स्वास्थ्य परिक्षण गरेका थिए । शहरी क्षेत्रमा

    • प्रकाशित मितिः माघ ४, २०७९
    • ३७४ पटक पढिएको
  • सांसद शर्माको पहलमा गोठगाउँमा अस्पतालको सेवाविस्तार

    विराटनगर–मोरङको क्षेत्र नं ३ बाट निर्वाचितप्रतिनिधि सभा सदस्य डा=सुनिलशर्माको जबरजस्तपहल र दवावका कारण गोठगाउँस्थित पूर्वाञ्चलविश्वविद्यालयले अस्पताल सेवाविस्तार गरेको छ । विश्वविद्यालय परिसरमामंगलबार कार्यक्रम गरेर अस्पतालको सेवाबिस्तार सुभारम्भ गरिएको हो । कार्यक्रममाकांग्रेस नेताएवं सांसद डा.शेखर कोइराला, सांसद डा.शर्मा, सुन्दरहरैंचाका मेयर केदारप्रसाद गुरागाईँलगायतले गमलामापानीहालेर संयुक्त रुपमा अस्पताल सेवाविस्तारको सुभारम्भ गरेका हुन् । पूर्वाञ्चलविश्वविद्यालयले यसअघि अस्पताल सेवा सञ्चालन गरेको भएपनिव्यवस्थितथिएन । अस्पतालले आंशिक रुपमामात्र सेवादिदै आएको थियो ।डाक्टर बस्ने टुंगो नहुँदा

    • प्रकाशित मितिः माघ ४, २०७९
    • ३६४ पटक पढिएको
  • एक करोड ५० लाख खर्चलाग्ने अनुमान, ८ वटा टिम सहभागि हुने

    विराटनगर–रात्रिकालीन विराट गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण चैत ६ देखि शहिद रंगशालामा हुने भएको छ । त्यसका लागि विराट गोल्डकप ट्रस्टले सोमबार विराटनगर महानगर प्रमुख नागेश कोइरालालाई प्रतियोगिताको संयोजक तोकेको छ ।महेन्द्र गोल्डकपका नाममा २०१८ सालदेखि सञ्चालन हुँदै आएको यो प्रतियोगिता २०६२ र ६३ को राजनीतिक परिवर्तनपछि २०६७ देखि विराट गोल्डकपको नाममा सञ्चालन हुँदै आएको छ । ट्रस्टका अध्यक्ष सन्तोष बानियाँका अनुसार महेन्द्र गोल्डकपका नाममा ३८औं पटक र विराट गोल्डकपका नाममा छैटौं पटक आयोजना हुन लागेको हो ।प्रतियोगिताका सबै म्याच फ्लडलाइटमा रात्रिकालीन खेलाइने छ । त्यसका लागि शहिद मैदानमा प्

    • प्रकाशित मितिः पुष २६, २०७९
    • ५५३ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल