समाचार

    Showing १३१-१४० of ९५० items.
  • मौद्रिक नीतिमा भएको ब्यवस्थाको कारण तलरताको अभाव रहेको उद्योगीको धारणा

    विराटनगर–निक्षेपमा ९० प्रतिशत मात्र लगानी गर्न पाउनेगरी कर्जा निक्षेप अनुपात (सिडी रेसियो) कायम हुने मौद्रिक नीतिको व्यवस्थाका कारण बजारमा लगानीयोग्य रकम (तरलता)को अभाव भएको पूर्वका उद्योगी व्यवसायीले गुनासो गरेका छन् । यो नीतिले औद्योगिक क्षेत्र प्रभावित भएको भन्दै सुनसरी मोरङ औद्योगिक क्षेत्रका व्यवसायीले कर्जा निक्षेप अनुपातको व्यवस्था खारेज गर्न सरकारसमक्ष माग गरेका छन् । उद्योगीहरुको साझा संस्था उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघले कर तथा राजश्व लगायतका माध्यमबाट बजारबाट सरकारको खातामा नगद जम्मा हुने तर सरकारले गर्ने विकास खर्च अत्यन्त न्युन भएकोले पनि तरलता अभाव भएको जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • २१२ पटक पढिएको
  • बूढीगङ्गाको बागमती मोडलिङ इन्ड्रस्टीमा करेन्ट लागेर मजदुरको मृत्यु

    विराटनगर- मोरङको बूढीगङ्गा गाउँपालिकास्थित बागमती मोडलिङ इन्ड्रस्टीमा करेन्ट लागेर मजदुरको मृत्यु भएको छ । बूढीगङ्गा-४ काम गर्ने मजदुर सोही स्थानका ४४ वर्षीय कलरुकुमार खवासको करेन्ट लागेर मृत्यु भएको छ ।हिजो बेलुका ५ बजे हात खुट्टा धुन भनेर सोही फ्याक्ट्रीमा जडान भएको कलको मोटर  चलाउँदा अचानक करेन्ट लागेपछि उनी गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारका क्रममा विराट मेडिकल कलेज गङ्गाचौकमा बेलुका साढे ५ बजे मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • ३६२ पटक पढिएको
  • उदयपुर सिमेन्टमा एकै दिन ८५ जना कर्मचारीको बढुवा

    उदयपुर- उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेले कर्मचारीहरुको कामको सही मूल्याङ्कन गर्दै एकैदिन ८५ जनाको स्तरवृद्धि गरेको छ । उद्योगले तृतीय तहका ८५ जनालाई चाैंथो तहमा स्तरवृद्धि गरेको उद्योगका महाप्रवन्धक गोपीकृष्ण न्यौपानेले जानकारी दिए । विगतमा स्तरवृद्धिका लागि पटक पटक डेलिगेशन, आन्दोलन, धर्ना गर्नुपथ्र्यो तर, यसपटक कर्मचारीहरुको मूल्याङ्कन गरी स्तरवृद्धि गरिएको महाप्रवन्धक न्यौपानेले बताए ।हाल कर्मचारी तथा मजदुरहरुलाई समयमा तलब, ओटी तथा विभिन्न सुविधाहरु उपलब्ध हुने उद्योग प्रशासनको दावी छ । साथै सरुवा, बढुवा तथा अन्य सेवा सुविधाको हकमा पनि सबैलाई समान ब्यवहार गरिएको महाप्रवन्धक न्यौपा

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • ३६८ पटक पढिएको
  • अटो टेम्पुको ठक्करबाट पदैल यात्रीको मृत्यु

    झापा- झापा मेचीनगर नगरपालिका ६ फाईरिङ चोकमा अटो टेम्पुको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५१ वर्षीय चन्द्रप्रसाद अधिकारी रहेका छन् ।हिजो बेलुका साढे ६ बजे पूर्वतर्फ आउँदै गरेको मे१ह ६४५० नम्बरको अटोले ठक्कर दिँदा गम्भीर घाइते भएका अधिकारीको बिएन्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा राति ९ बजे मृत्यु भएको थियो ।अटो र चालक झापा मेचीनगर नगरपालिका ६ नकलबन्दा का ३२ वर्षीय सुरेन्द्र राजवंशी इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा रहेका छन् । घटनाकोबारेमा थप अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • २९६ पटक पढिएको
  • प्रचण्ड आउने कार्यक्रमका लागि भन्दै नगरपालिकामा सार्वजनिक बिदा !

    महोत्तरी - महोत्तरीको रामगोपालपुर नगरपालिकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने कार्यक्रमका लागि भन्दै आज रामगोपालपुर नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।उक्त नगरपालिका अन्तर्गतको आधारभूत स्वास्थ्य केन्द्रहरू उद्घाटनको लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आउन लागेको भन्दै नगरपालिकाले सार्वजनिक बिदाको घोषणा गरेको हो । उक्त नगरपालिकाका वडा न २,३,४,६,७,८ र ९ को आधारभूत स्वास्थ्य केन्द्रको अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रचण्ड अस्वस्थ भएपछि कार्यक्रम अन्तिम समयमा स्थगित भएको थियो ।

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • ३४१ पटक पढिएको
  • तमोर करिडोरले चीन र भारत जोड्ने

    ताप्लेजुङ-ताप्लेजुङमा निर्माणाधीन तमोर करिडोरले छिमेकी देश चीन र भारतलाई जोड्ने भएको छ । राष्ट्रिय गौरवको सडक आयोजनाका रूपमा रहेको निर्माणाधीन यस करिडोरले आगामी फागुन मसान्तसम्ममा चीन जोड्ने भएको हो ।तमोर करिडोरको अन्तिम ट्र्याक (मार्ग) खोल्ने कार्य हाल जारी छ । अब ट्र्याक निर्माण हुन बाँकी रहेको तीन किलोमिटर दूरी सम्पन्न भएमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ओलाङ्चुङगोलालाई करिडोरले जोड्नेछ । ट्र्याकले ओलाङ्चुङगोला जोड्नासाथ यसअघि स्थानीयको पहलमा निर्माण गरिएको टिपताला–ओलाङ्चुङगोला सडकमा तमोर कोरिडोर जोडिनेछ ।चीन र नेपालको उत्तरी सीमानाका टिपतालासम्म ट्रयाक जोडिनेबित्तिकै तमोर कर

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • ३२८ पटक पढिएको
  • विराटनगरका मेयर भीम पराजुलीले दण्डप्रणामलाई निरन्तरता दिने

    विराटनगर-विराटनगर महानगरका मेयर भीम पराजुलीले सूर्यको आराधना गरेर मनाइने छठ पर्वमा ‘दण्डप्रणाम’लाई निरन्तरता दिने भएका छन् । छठ पर्वको आज तेस्रो तथा मुख्य दिन महानगर प्रमुख पराजुलीले १८औँ पटकको दण्डप्रणामलाई निरन्तरता दिँदै छठ पर्व मनाउने भएका हुन् ।अघिल्ला वर्षहरूका छठमा ब्रत बसेर साष्टाङ्ग दण्डप्रणाम गर्दै घाटको यात्रा गर्ने मेयर पराजुलीले यस पटक पनि निरन्तरता दिने भएका हुन् । अघिल्लो वर्ष भने कोरोना भाइरस महामारीका कारण घरमै बसेर उनले छठ मनाएका थिए । यस पटक उनी विधिअनुसार छठमा निराहार ब्रत बसेर साष्टाङ्ग दण्डप्रणाम गर्दै अढाइ किलोमिटरको दूरीमा रहेको सिंघिया घाटसम्मको यात्रा गर्ने भएका

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • ३५३ पटक पढिएको
  • पूर्व प्रधानमन्त्री ओलीले भने‘एन्टी डम्पिङ शुल्क खारेज हुनुपर्छ’

    विराटनगर-नेपाली जुट उद्योगबाट तयारी बस्तु भारत निकासी हुदा भारतले लगाउदै आएको चार प्रतिशत एन्टि डम्पिङ शुल्क खारेजीका लागि आफुले कोशीस गर्ने पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन । उनले एन्टि डम्पिङ शुल्क खारेज हुनुपर्ने बताउदै प्रधानमन्त्रीहुदा पहल गरेको तर त्यतिबेला खारेज गराउन नसकिएपनि आफुले त्यसको खारेजीका लागि अन्य माध्यमबाट पहल गर्ने बताएका हुन । भारतले सीभीडी वापदको नेपाली उद्योगीको २० करोड रुपैया समेत फिर्ता गरेको छैन ।  रघुपति जुटमिलको हीरक महोत्सवमा रानी स्थित मिल परिसरमा पुगेका ओलीले बृक्षा रोपण समेत गरे । वि.सं. २००३ साल भाद्र ७ गते स्थापना भई ह

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • २८४ पटक पढिएको
  • तिहारको टीका लगाएर एउटै मोटरसाइकलमा फर्किँदै गरेका तीन जनाको मृत्यु

    विराटनगर-मोरङमा शनिबार साँझ भएको सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । केराबारी– ९ बेलचौरीमा भएको सवारी दुर्घटनामा परी २ जनाको घटनस्थलमै र अर्का एकको उपचारको क्रममा मृत्यु भएको हो ।मोरङको भित्री सडकअन्तर्गत बेलचौरीमा दक्षिणबाट आएको बा १० च ४३०० नम्बरको स्कार्पियो गाडी र को ४० प १७२७ नम्बरको मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।मृत्यु हुनेमा लेटाङ २ का ३० वर्षीय कमल कार्की, ४५ वर्षीय सीता कार्की र ५५ वर्षीय तिलकबहादुर सुवेदी छन् । मृतक तीनै जना तिहारको टीका लगाएर एउटै मोटरसाइकलमा घर फर्किँदै थिए । कम

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • २९० पटक पढिएको
  • माेरङ प्रहरी कार्यालयअगाडि ग्याङ फाइट, एक घरमा तोडफोड

    विराटनगर- जिल्ला प्रहरी कार्यालय माेरङअगाडि एक घरमा तोडफोड भएको छ । विराटनगर-१ शंकर चोकस्थित देविका मास्केको घरमा ठुलो सङ्ख्यामा आएको मानिसको हुलले तोडफोड गरेको हो ।  भाइटीकाको साँझ दुई समूहबीच भएको सामान्य विवादले उग्र रूप लिएपछि विवाद ग्याङ्ग फाइटमा परिणत भएको थियो । झगडामा संलग्न दुई समूहमध्ये एक समूहका एक जनालाई मास्केले आफ्नो घरमा संरक्षण दिएको भन्दै अर्काे समूहका मानिसले मास्केको घरमा तोडफोड गरेका हुन् ।झडपमा पर्दा विराटनगर-१ विरेन कामत घाइते भएकाे छन् । प्रहरीले दुई जनालाई पक्राउ गरेकाे माेरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । घटनामा संलग्नता भएकाे आराे

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • ५१७ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल