विराटनगर–मुलुकको अर्थतन्त्र उकास्न सरकार अलमलिएको तर अर्थतन्त्र संकटमा भने नरहेको पूर्व अर्थमन्त्री युवराज खतिवडाले बताएका छन । अर्थतन्त्र संकटउन्मूख भएपनि अहिलेको अवस्था भन्दा तल नजाने बताउदै उनले सुचाकांकहरु सकारात्मक देखिएकाले अर्थतन्त्र संकटमा छ भन्न नमिल्ने बताए । 

मोरङ ब्यापार संघको ‘बिज टक’ कार्यक्रमको नवौं श्रृखंलामा आफ्नो धारणा राख्दै खतिवडाले व्यावसायी,उद्योगी र ब्यापारीहरुको मनोबल खस्कनुमा एउटा मात्रै कारण नभएको उल्लेख गर्दै एउटा महत्वपूर्ण कारण लागत बढ्नु रहेको बताए । 

20231203_150750

सरकारले अर्थतन्त्र उकास्ने कार्यक्रम ल्याउनु पर्नेमा अन्यत्र बढी प्राथमिकता दिएको आभास भएको बताउदै खतिवडाले गठबन्धनलाई समेट्नमै सरकार अलमलिएकाले केही समय पछि राजनीतिले कि त कोर्ष परिवर्तन गर्ने नत्र आर्थतन्त्रले आफ्नो लय समात्ने बताए । आर्थिक बृद्धि माथि जानसाथ आयात बढ्ने भएकाले निर्यातजन्य उद्योगको स्थापना गरेर नै ब्यापार घाटामा सन्तुलन कायम गर्नु पर्ने सुझाव उनले दिए । 

करको नीति र मौद्रिक नीति मार्फत बाँकी रहेका समस्याको समाधान गर्न सकिने बताउदै पूर्वमन्त्री खतिवडाले ब्याजदरमा धेरै तलमाथि गर्दा आउने समस्याका बारमो बैंकहरुले र केन्द्रिय बैंकले पनि धेरैकुरा सिकेको हुनाले अब त्यस किसिमको गल्ति नदोहोरिने बताए । 

सरकारले कित्ताकाट रोकेपछि घरजग्गामा लगानी घट्यो, घरजग्गामा लगानी घटेपछि त्यसले निर्माण क्षेत्रमा असर ग¥यो । निर्माण जन्य उद्योगहरुको उत्पादनमा त्यसले असर ग¥यो उत्पादन घट्यो । बैंकहरुले लगानी नगर्दा उधारोमा दिएको सामाग्रीको रकम उठेन, होलसेलरले उद्योगलाई रकम दिन सकेन यो एउटा चेनमा समस्या आएकै हो । बैंकहरुले हौसिएर लगानी गरेको कारण समस्या आएको हो । तर अहिले बैंकहरुले र केन्द्रिय बैंकले पनि समस्या पहिचान गरिसकेकाले अब त्यो दोहोरिन्न र अहिले देखिएका समस्यालाई कर नीति र मौद्रिक नीतिले सम्बोन गर्न सकिन्छ । 

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व रक्षामन्त्री मीनेन्द्र रिजालले ३० बर्षको समग्र मुलुकको उपलब्धिको मूल्यांकन गर्दा मुलुकमा परिवर्तन भएको आभास हुने बताए । उनले २०४६ पछिको परिवर्तन पछि आम नेपालीको आयू १७ बर्षले बढेको, नेपाल सरकारको राजश्व संकलन शतप्रतिशत बृद्धि भएको अर्थतन्त्र ५० प्रतिशतले बृद्धि भएको उल्लेख गरे । अहिले प्रतिब्यक्ती आय १४ सय डलर रहेको र त्यो परिवर्तन भन्दा पहिला न्यून रहेको उल्लेख गरे । 

नेपालको शासन प्रणाली ८÷९ बर्षदेखी सहि ढंगले चल्न नसकेको बताउदै रिजालले सत्ताको भरथेग नभए कामै गर्न नसक्ने अवस्था सृजना हुनुले पनि समस्या बढाएको उल्लेख गरे । सत्ताले छोप्दा सबै कुरा छोपिन्छ भन्ने भ्रमले पनि धेरै कुरा बिगारेको बताउदै उनले टनका टन सुन भित्रदै गर्दा केही चिज त पक्कै पनि बहिरियो होलानी भनेर हामीले सोच्नु पर्छ । अर्थतन्त्रलाई चलायमान बनाउन विगतका गल्तिहरुलाई दोहोरिन दिन नहुने उनले बताए । 

पछिल्लो समय अर्थतन्त्रको चरित्र फेरिएको उल्लेख गर्दै रिजालले पहिले हामी उत्पादनमा निर्भर थियौं अहिले आयातमा निर्भर छौं । पहिले फलाएर खान्थ्यौं अहिले किनेर खान्छौं जस्को कारण ब्यापार घाटा चुलियो । हिजो बचतमा १८ प्रतिशत ब्याजदिने सहकारी कहाँ पुगे, शेयर बजार ३२०० मा पुग्दा आनन्द लिनेहरु शेयर बजार २४००मा झर्दाको हालत के भयो । हिजो जस्ले जस्लाई झुक्याएपनि भएको थियो । तर अब त्यस्तो हुदैन । सरकारले बिक्रीतिलाई छोप्ने होइन नियन्त्रण गर्नुपर्छ अर्थतन्त्रलाई सुधार गर्न सबै राजनीतिक दलहरु बिच सहकार्य र प्रतिबद्धता आवश्यक छ । मुलुक अर्थतन्त्र सुधार्ने सवालमा सबै राजनीतिक दलहरुको एउटै नीति हुने हो भने मुलुकको अर्थतन्त्रले छलाङ मार्न सक्ने रिजालले उल्लेख गरे । 

कार्यक्रममा मोरङ ब्यापार संघका अध्यक्ष नविन रिजालले बैंकको चर्काे ब्याजदर, बजारमा माग नहुनु, सरकारको नीजि क्षेत्र प्रतिको दृष्टिकोण सकारात्मक नहुनु र औद्योगिक वातावरण नबन्नुले नीजि क्षेत्रको मनोबल खस्कीएको बताए । सरकारले केही बर्षका लागि अथतन्त्र सुधार्न दीर्घकालिन नीति लिएर अघि बढ्नुपर्ने उल्लेख गरे । त्यसैगरि उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले आर्थिक शुसाशन कायम नभएको तर्फ औंल्याउदै नीजि क्षेत्रको ढाड सेक्ने १९ वटा कानून रहेकोले सरकारले त्यस्ता कानून खारेज गरि नीजि क्षेत्रले निर्वाध लगानी गर्ने वातावरण बनाउनु पर्ने धारणा राखे ।