विराटनगर–अर्थतन्त्रको अवस्था कस्तो छ भनेर हेर्न पत्रिकामा छापिने समवेदना र शुभकामना हेरे पुग्ने मोरङ उद्योग व्यापार संघका नवनिर्वाचित अध्यक्ष अनुपम राठीले बताएका छन । अर्थतन्त्र यस्तरी थलियो की मानिसहरुको समवेदनामा समेत त्यसले प्रहार गरेको उनले उल्लेख गरे । मानिसहरु एक अर्कामा सुख र दुख साटासट गर्न पनि अनिच्छुक देखिनुले समाज भित्र मानिसमा संवेदना सकिदै गएको संकेत देखापर्न थालेकोमा उनले चिन्ता ब्यक्त गरे । राठीका अनुसार खर्च घटाउन पत्रपत्रिकामा शुभकामना र समवेदना छाप्न नै छाडेको उल्लेख गरे । शुक्रबार मोरङ उद्योग ब्यापार संघमा आयोजित पत्रकार भेटघाटमा उनले भने ‘अर्थतन्त्रको सिथिलताको असर यो
विराटनगर–औद्योगिक क्षेत्रमा कार्यरत जनशक्तिको विकास, क्षमता अभिवृद्धि र सृदुढिकरण, मर्यादित कार्य स्थल निर्माणमा सहयोग पु¥याउने उद्देश्यका साथ उद्योग संगठन मोरङको आयोजनामा दुई दिने मानव संशाधन सम्मेलन प्रारम्भ भएको छ । काठमाण्डौं विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाको प्रमुख आतिथ्य र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजु थपलियाको विशिष्ट आतिथ्यमा सम्मेलनको उद्घाटन भएको हो । उद्घाटन कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले नीतिनिर्माण तहमावहस र पैरवीगर्दै आएको उद्योग संगठन मोरङको आयोजनामा प्रथम पटक भईरहेको यस सम्मेलनले स्थानीय उद्योग व्यवसाय क्षेत्रमा कार्यरत जनशक्
विराटनगर–विराटनगर बजारको ट्राफिक व्यवस्थापनका लागि महानगरले पुनः पहल सुरु गरेको छ । ट्राफिकसँगै सिटीसफारी, फुटपाथलगायतको व्यवस्थापनका लागि महानगरले पहल सुरु गरेको हो । प्रदेश राजधानीसँगै कोशी प्रदेशको एकमात्रै महानगरपालिका भएकाले सबैको सहयोगमा विराटनगरको ट्राफिक व्यवस्थापनका लागि फेरि पहल सुरु गरिएको मेयर नागेश कोइरालाले बताए । विगतमा महानगरले ट्राफिकचोक–जलजलाचोक, शनिमन्दिर–अस्पताल चोक, महावीर रोड, शनिमन्दिर रोडलगायतलाई पार्किङ निषेध गरेको थियो । सडकलाई पार्किङ निषेध गर्दा व्यापार व्यवसायमा मन्दी आएको भन्दै उद्योगी, व्यवसायी र व्यापारीले पार्किङ खोल्न आग्रह गर्दैै पटक–पटक महानगरको ध्
विराटनगर-नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीतिक अस्थिरता र विकाशमा भइरहेको गतिरोध अन्त्यका लागि नेपाली कांग्रेस र एमालेको सरकार बन्नुपर्ने र यो अहिलेको परिस्थितिको आवश्यकता भएको पनि बताएका छन । विराटनगर विमानस्थलमा बिहिबार पत्रकारहरुसंगको कुराकानीमा डा.शेखर कोइरालाले छ महिना बर्षदिन पनि सरकार नटिक्ने र बनाइरहनु पर्ने गलत परिपाटीको विकाशले गणतन्त्र प्रतिनै जनताको अविश्वास पैदा भइरहेकाले आम जनताको चाहना अनुरुप कांग्रेस एमालेको स्थायी सरकार बन्नु पर्ने उल्लेख गरे । एमाले र कांग्रेस नमिल्दा मुलुकको आर्थिक विकास हुन नसकेको र मुलुक आर्थिक संकटका साथै राजनीतिक संकटमा समेत
विराटनगर-नोना कोइराला स्मृती प्रतिष्ठानको आयोजना र केएचडिसी नेपाल, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहयोगमा मोरङको बुढीगंगा गाउँपालिका ६ को स्वास्थ्य चौकीमा आयोजित स्वास्थ्य शिविरमा ३ सय २५ जना स्थानियले निशुल्क स्वास्थ्य परिक्षण गराएका छन ।शिविरको उद्घाटन वडाध्यक्ष दिलिप चौधरीको साथमा गाउँपालिका अध्यक्ष जीतनारायण थापामगरले गरे । शिविरमा आएका सबै विरामीहरुलाई निशुल्क स्वास्थ्य परिक्षण, निशुल्क ल्याब, निशुल्क औषधि र परामर्श दिएको थिए । किड्नी, उच्चरक्तचाप, मधुमेह, फोक्सो र हृदयरोग लगायतका अन्य रोगहरुका विरामीहरुको परिक्षण र उपचार गरिएको थियो । विद्यार्थीहरुलाई स्वास्थ्य सम्बन्धि सचे
विराटनगर–जवहरलाल नेहरु विश्वविद्यालयका पूर्व प्राध्यापक तथा भारतीय कुटनीतिज्ञ एसडी मुनीले नेपालमा राजतन्त्र फर्कनुपर्छ भन्ने पक्षमा आफू नरहेको बताएका छन । विराटनगरको एलिट क्लबमा आयोजित ‘नेपाल भारत सम्बन्धका नयाँ आयामहरु’ विषयमा भएको अन्तरक्रियामा एसडी मुनीले उक्त कुरा बताएका हुन । राजनीतिक प्रशंगमा मुनीले आफु राजतन्त्र फर्कनुपर्छ भन्ने पक्षमा नरहेको बताए । उनले आफू गणतन्त्रको पक्षमा रहेको प्रष्ट्याउदै गणतन्त्र भित्र मौलाएका विकृतीलाई भने निमूल पार्नुपर्ने उल्लेख गरे । जनताको अपेक्षा अनुसार गणतनत्र चल्नुपर्नेमा उनले जोड दिए । गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउदै उनले सय
विराटनगर-कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले अध्यादेश मार्फत आफुलाई समर्थन गर्ने दलका नेताहरुलाई गाडी सुविधा दिने उद्येश्यले प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको सेवा सम्बन्धी ऐन २०७५ संशोधन गरेपछि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले असन्तुष्टी ब्यक्त गरेका छन । कोइरालाले मुलुक आर्थिक रुपमा संकटमा रहेको बेला जनताका आधारभूत कुराहरुमा ध्यान दिनुपर्नेमा दलका नेतालाई खुसी पार्न विलासिताका बस्तुमा प्रदेश सरकारले गर्न लागेको लगानीको कुराले आफूलाई दुख लागेको बताएका छन । सांसदलाई भौतिक सुविधा थप्ने कुरा अहिलेको परिस्थितिमा उपयुक्त नभएको बताउदै डा.कोइरालाले इकोनोमिक क्राइसिस संग
विराटनगर-प्राङ्गारिक मलसँगै बायोग्यास उत्पादन गर्ने उद्योगसञ्चालनमा आएको छ । गैर नाफा मुलक संस्था जीवन विकास समाजले मोरङको धनपालथान गाउँपालिका ३ डकुवाडाँगामा दश बिघा क्षेत्रमा स्थापना गरेको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग शुक्रबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो । उद्योगको उद्घाटन समाजका संस्थापक अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य माननीय योगेन्द्र मण्डल र प्रदेशसभा सदस्य गयानन्द मण्डलले गरे । उद्योगको उद्घाटन गर्दै उनले रासायनिक मललाई प्रतिस्थापन गर्ने अभियान सुरु भएको बताए । स्वदेशमा नै उत्पादन हुने प्राङ्गारिक मलले नेपाली किसानले भोग्दै आएको रासायनिक मलको हाहा
विराटनगर–आइतबार पुस १५ गते हुने एमबीएस सोलो डान्स कम्पिटिसनको फाइनलमा निर्णायक र प्रस्तुती लिएर भारतीय टिभी च्यानल सोनीको इण्डियाज बेष्ट डान्सर २०२३ का विजेता समर्पण लामा आइसकेका छन । उनले शनिबार भएको डान्स कम्पिटिसनको सेमी फाइनलमा आफ्नो निर्णायकका भूमिका निर्वाह गरि सकेका छन । आज उनको प्रस्तुती पनि रहने आयोजकले जनाएको छ ।शनिबार भएको सेमीफाइनलबाट पाँच जना फाइनलमा प्रवेश पाएका छन । एक्स्पो आयोजक मोरङ व्यापार संघका अनुसार नेपाली मुलका लामाले फाइनल प्रतिष्पर्धाको अवलोकन गर्दै निर्णायक बन्ने जनाइएको छ । त्यसका साथै उनको प्रस्तुति समेत रहने संघले जनाइएको छ । आइतबार लामा सहित वाङदेन शेर्पा, डीजे ताम
विराटनगर–मुलुकका अधिकांश चिनी मिलले किसानलाई विगत वर्षको उखुको भक्तानी नदिदा अहिले किसान आन्दोलनमा छन । तर कोशी प्रदेशको स्ट्रन सुगर मिलले दुई वर्षदेखि नगदमा उखु खरिद गरेर क्रसि» गर्दै आएको छ । मिलले यसपालिपनि किसानसंग हाताहाती उखुी किनेर क्रसिङ सुरु गरेको छ । सुनसरीको बर्जुमा रहेको यो सुगर मिलले दुईवर्षदेखि किसानले उखु मिलमा पु¥याएको तिनसाता भित्रमा रकम भुक्तानी गर्दै आएको छ । कोशी उखु उत्पादक संघका अध्यक्ष शिवलाल चौधरीले भने यस क्ष्ँेत्रका उखु किसानले दुई वर्षदेखि मिललाई हाता हाती जस्तै उखु विक्री गर्दै आएका छन । किसानले मिललाई सरकारी अनुदान वाहेक प्रति क्वीन्टल ५ सय ६५ रुपैयाँमा उखु वि
विराटनगर–अर्थतन्त्रको अवस्था कस्तो छ भनेर हेर्न पत्रिकामा छापिने समवेदना र शुभकामना हेरे पुग्ने मोरङ ...
विराटनगर–जवहरलाल नेहरु विश्वविद्यालयका पूर्व प्राध्यापक तथा भारतीय कुटनीतिज्ञ एसडी मुनीले नेपालमा राजतन्त्र फर्कनुपर्छ भन्ने पक्षमा आफू नरहेको बताएका ...
Copyright © 2021 / 2024 / Khabarpalpal.com / All Rights Reserved.