विराटनगर–नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको निर्वाचनबाट दोश्रो कार्यकालको लागि अध्यक्षमा राजेन्द्र राउत र उनको प्यानल बिजयी भएको छ । उनका प्रतिष्पर्धी नविन रिजालको समूह धेरै मतान्तरले पराजीत भएको छ । आठ बर्ष अघि मोरङ ब्यापार संघमा भएको कार्यकारीणी सदस्यको निर्वाचनको बदला यो पटक राउतले लिएका छन । आठ बर्ष अघि राउतको टिमले हार ब्यहोरेको थियो । 
राउतले सबै क्षेत्रको १४२ मत पाएर बिजयी भएभने उनको प्रतिष्पधी रिजालले ५८ मत मात्र ल्याउन सके । तीन बर्ष अघि झापामा भएको निर्वाचनमा निर्विरोध निर्वाचित भएका राउतले यो पटक भने नविन रिजालको समाना गर्नु पर्यो ।
राउतले बस्तुगत तर्फ ११ मत पाएका थिए भने रिजालले ६ मत पाए । त्यसैगरि जिल्ला नगर संघबाट राउतले २४ मत पाउदा रिजालले १३ मत पाए भने एशोसिएट तर्फ राउतले १०७ मत पाउदा रिजालले ३९ मत मात्र पाएका थिए ।
राजेन्द्र राउतको समूहबाट बिजयी हुनेमा जिल्ला नगरतर्फको उपाध्यक्षमा झापाका ऋषीराज तिीिम्सना, वस्तुगततर्फ विराटनगरका राजन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा विराटनगरकै रविन दाहाल निर्विरोध चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा विराटनगरकै श्रवणकुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन । एसोसिएट सदस्यमा दुई जना देवकीनन्दन अग्रवाल र भविषकुमार श्रेष्ठ पनि निर्विरोध चयन भएका छन् ।
त्यसैगरि जिल्ला नगरबाट सदस्यमा कृष्णप्रसाद रिजाल, राजु ढुंगाना राजीव, जयप्रकाश शर्मा, हर्क बहादुर श्रेष्ठ, नविन कुमार चौधरी निर्वाचित भएका छन । बस्तुगत तर्फबाट सुवाश आचार्य र दिपक पाण्डे बिजयी भएका छन ।
महासंघ कोशीमा जिल्ला नगर उद्योग वाणिज्य संघहरुबाट ३८, वस्तुगत संघसंस्थाबाट १९ र एसोसिएटबाट १४८ गरी २०५ मतदाताले महासंघको नेतृत्व चयनका लागि मतदानमा सहभागि भएका थिए ।

