विराटनगर–हात्तीको आक्रमणवाट मोरङमा सोमवार थप एकको मृत्यु भएको छ । यो सहित मंसिरमा हात्तीको आक्रमणवाट पूर्वी तराईका मोरङ, सुनसरी र झापामा मृत्यु हुनेको सख्या चार पुगेको छ ।


मोरङको वेलवारी १० भाउन्ने स्थित सृजना सामुदायिक वनमा जंगली हात्तीले आक्रमण गर्दा लेटाङ नगरपालिका ३ घर भएका ५३ वर्षिय कमल माझीको मृत्यु भएको प्रहरीले वताएको छ । उनी जंगलवाट जाँडरक्सी वनाउन प्रयोग गरिने कच्चा पदार्थ मोर्चा लिएर फर्कदै गरेको अवस्थामा हात्तीले आक्रमण गरेको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार हात्ती जाँडरक्सी र त्यसको कच्चा पदार्थप्रति बढी आक्रामक हुने गर्छ ।

images 1


यसअघी गत विहिवार सुनसरीको इटहरी २ स्थित शान्तिझोडामा जंगली हात्तिको आक्रमणवाट स्थानयि रविन खड्काको ज्यान गयो । जंगलवाट मानव वस्तीमा पस्न लागेको जंगली हात्तिलाई धपाउने क्रममा २५ वर्षिय रविनलाई हात्तिले आक्रमण गर्दा उनको मृत्यु भएको सुनसरीको प्रहरीका प्रवक्ता एिसपी नवीनसिंह भण्डारीको भनाई छ । 


गत शुक्रवार झापाको हल्दिवारीमा हात्तीको आक्रमणवाट रणकालीक सामुदायिक वनका चौकीदार धनवहादुर बनको मृत्यु भएको झापा प्रहरीले जनाएको छ । सामुदायिक वनवाट निस्केर मानव वस्तीमा प्रवेश गर्दै गरेको जंगली हात्तीले ४० वर्षिय बनलाई आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीको भनाई छ ।


दुईसाता अघी झापाको दमक ३ हम्से दुम्से सामुदायिक वनमा जंगली हात्तीको आक्रमणमा भुटानी शरणार्थी पदमलाल तामाङको मृत्यु भएको थियो । झापा प्रहरीका अनुसार जंगलमा दाउरा काटन गएका वेलडाँगीको भुटानी शरणार्थी शिविर सेक्टर बीटु हट नं २५२ वस्ने ७२ वर्षिय तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । चालु वर्ष झापामा मात्र जंगली हात्तीको आक्रमणमा परेर ६ जनाले ज्यान गुमाएको झापा प्रहरीको तथ्याङक छ ।


गतवर्ष मोरङको सुन्दरहरैचा १० सुकुना सामुदायिक वनमा घाँस दाउरा गर्दै गरेकी स्थानीय ३२ वर्षिय सीता पराजुली र सुन्दर हरैचाकै त्रिवेणी चोकमा ७५ वर्षिय जयप्रसाद वास्तोलाको हात्तीको आक्रमणवाट मुत्यु भएको मोरङ प्रहरीको तथ्याङक छ । त्यसैगरी गतवर्ष मिक्लाजुङ वडा नं ६ कसेनीका ५१ वर्षिय यामवहादुर वोहोरालाई जंगली हात्तीले कुल्चेर मारेको थियो ।


पछिल्लो समय मोरङ र सुनसरीमा पर्ने चारकोसे जंगलमा २२–२५ वटा जंगली हात्ती प्रवेश गरेर आतंक मच्चाउदै आएको डिभिजन वन मोरङले जनाएको छ ।