विराटनगर-१४ करोडको कपडा आयात गरि गोदाममा राखिएको अवस्थामा विराटनगर महानगरको जनपथटोलमा रहेको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजश्व अनुसन्धान विभागको टोलीले आइतवार छापा मारेर भन्सारवाट आयात भएको परिमाण अनुसार मालवस्तुको गणना सुरु गरेको छ । विभागको टोलीले एकवर्ष अवधिमा यो सप्लायर्समा छापा मारेको यो तेश्रो पटक हो ।

यो सप्लायर्समा यसअघी स्थानीय प्रशासन र आन्तरिक राजश्व कार्यालयले पनि छापा मारेर स्टक परिमाणको अध्ययन गरेको थियो । यसअघी गरिएको छापामा आन्तरिक राजश्व कार्यालय र विभागको टोली रित्तोहात फर्केको सप्लायर्सका मालिक सञ्जीव भगतको दावी छ ।

सुति र पप्लिन कपडाको कारोवार गर्ने यो सप्लायर्समा हाल १४ करोडको सुति र पप्लिन कपडा स्टक रहेको भगतले वताए । सवै सामान भन्सार तिरेर आयात गरिएको हो । उनले भने राजश्व विभाग, स्थानीय प्रशासन र आन्तरिक राजश्व कार्यालयले वारम्वार सप्लायर्समा छापा मारेर दुख दिएर हैरान बनायो । सुति कपडमा भन्सार शूल्क १० प्रतिशत लाग्छ भने मूल्य अभिबृद्धि कर (भ्याट) छुट छ ।

भन्सार छलेर आयात गरिएका सामान स्टक हुने गरेको सूचनाका आधारमा विभागको टोली आफै आएर आयात परिमाण, खरिद-विक्री खाता र स्टक परिमाणको अनुसन्धानसंगै कागजातका आधारमा स्टक गणना गरेको राजश्व विभाग स्रोतको भनाई छ । तर सप्लायर्सका मालिक भगतले विभाग, स्थानीय प्रशासन र आन्तरिक राजश्व कार्यालयले वारम्वार छापा मारेर आफुलाई दुखमात्र दिने काम गरेको आरोप लगाएका छन । यसअघी दुई पटक छापा मार्दा टोलीले कुनैपनि बदमाशी फेला पारेन । उनले भने सवै सामान भन्सार तिरेर आयात गरेको छु । विभागले पुन छापा मारेर दुख दिने काम मात्र गरेको भगतको दावी छ ।