विराटनगर–अमेरिकाको न्यूयोर्क महानगरसंग भगीनी सम्बन्ध स्थापित भएपछि विराटनगरको दिर्घकालिन समस्याका रुपमा रहेका बाढी, डुवान, सुकुम्वासी, सडक निर्माण र फोहर व्यावस्थापनमा सहकार्य हुने विराटनगर महानगर पालिकाका मेयर नागेश कोइरालाले बताएका छन । अमेरिकाका विभिन्न महानगरका मेयरहरुसंग तीन तीन महिनामा इन्टरनेट मार्फत बैठक समेत गर्ने सहमति भएको छ । ती बैठकहरुबाट समेत सहयोग आदान प्रदान हुन्छ । 

अहिले महानगर पालिकाको कार्यालय र वडाहरुबाट प्रवाह भइरहेको सेवा लिन अहिले सेवाग्राहीहरु भौतिक रुपमा नै उपस्थित हुनु पर्ने बाध्यता छ । तर न्यूयोर्कमा दिनभरि कार्यालयमा कुनैपनि सेवाग्राही नै नभेटिने गरि उनीहरुले सम्पूर्ण सेवाहरु इन्टरनेट मार्फत उपलब्ध गराएका छन । त्यो पद्धतीमा विराटनगर महानगरलाई पनि लान सकिन्छकी भनेर पनि छलफल भएको छ । न्यूयोर्कका मेयर एडम्स विराटनगरको भ्रमणमा आएपछि दुबै महानगर विच भगीनी सम्बन्धमा हस्ताक्षर भएपछि साझा समस्याहरुमा समाधानका लागि कसरी अघि बढ्ने तय हुने कोइरालाले जानकारी दिए । 

फोहर ब्यावस्थापनका लागि बोस्टनमा बनेको प्लान्ट हाम्रा लागि सुविधाजनक हुनसक्छ । तर त्यहा त्यो प्लान्ट ४ विलियन डलरमा बनेको हो । हामीले त्यति खर्च गर्न नसकेपनि त्यस्तै सानो प्लान्ट लगाएर काम गर्न सक्छौं । त्यहा प्लान्ट जडान गर्ने प्राविधिकहरु आएर विराटनगर महानगरको सर्वेक्षण गरेपछि त्यसपछि डिपिआरको काम अघि बढ्छ । प्रोसेसिङ एउटा पाटो हुदो रैछ भने फोहरलाई प्लान्टसम्म पु¥याउने च्यानल निर्माण गर्नु अर्काेपाटो भएकाले विज्ञहरुको टोलीलाई निम्तो दिएको छु उहाँहरु आउनुहुन्छ । 

संयुक्त राज्य अमेरिकास्थित स्थानीय सरकारको व्यावसायिक विकास र सबलीकरणको क्षेत्रमा कार्य गर्ने संस्था इन्टरनेशनल सिटी म्यानेजमेन्ट एसोसिएसन (आइसीएमए) ले आयोजना गरेको सेमिनारमा सहभागी भएर २४ दिन पछि मेयर कोइराला विराटनगर आइपुगेका हुन । 

असोज १० गते अमेरिका गएका उनी कार्तिक ४ गते विराटनगर आइपुगेका हुन । ४० देशभन्दा बढीका स्थानीय सरकारका प्रमुख र प्रतिनिधिहरू सहभागी समिनारमा मेयर कोइरालाले सहभागिता जनाएका हुन । टेक्सासमा भएको सेमिनारमा सहभागी भएर मेयरकोइरालाले विभिन्न महानगरका मेयर, सीनेटरहरुसंग विकास र साझेदारीको विषयमा छलफल गरेका थिए ।