विराटनगर–विराटनगर महानगर पालिका वडा नम्बर ४ को आधारभूत विद्यालयमा संचालन भएको स्वास्थ्य शिविरमा ३६१ जना स्थानियले निशुल्क उपचार गराएका छन । स्त्री तथा प्रशुती रोग विषेशज्ञ डा.सीता पोखरेल घिमिरेको नेतृत्वमा नोवेल मेडिकल सिक्षण अस्पतालको आयोजनामा भएको शिविरमा बरिष्ठ चिकित्सकहरुले विरामीको निशुल्क स्वास्थ्य परिक्षण गरेका थिए । 


नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाको निर्वाचन क्षेत्रका विपन्न परिवारलाई लक्ष गरि स्वास्थ्य शिविरको आयोजना गरिएको हो । शिविरमा महिला, बालबालिका, हाडजोर्नी, स्त्रीरोग, दन्तरोग र फिजिसियनसंग आवद्ध विषेशज्ञ चिकित्सकले स्वास्थ्य परिक्षण गरेका थिए । 


शहरी क्षेत्रमा बसोबास गर्ने भएपनि महिलाहरुमा पाठेघरको समस्या बढी देखिएको डा.सीता पोखरेल घिमिरेले बताइन । घरको कामबाट फुर्सद नमिल्ने र आफ्नो समस्या अरुलाई सुनाउन संकोच मान्ने भएकाले कतिपय महिलाले निकै जटिल समस्याको पनि उपचार नगरि बसेको पाइएको र उनीहरुलाई उपचारको लागि अस्पताल रेफर गरिएको डा. पोखरेलले बताइन । 


शिविरमा अल्ट्रा साउण्ड ९६ जनाको गरिएको थियो भने इसीजी ३९ जनाको निशुल्क गरियो । त्यस्तै १४७ जनाको निशुल्क ल्याब परिक्षण गरिएको थियो । शिविरमा डा.सीता पोखरेल घिमिरे स्त्री तथा प्रशुति रोग विशेषज्ञ, डा.अरुण गिरी बालरोग, डा.सुवास भट्टराई बालरोग, डा.उज्वल कार्की फिजिसियन, डा.विकल गौतम हाडजोर्नी लगायतका चिकित्सकले निशुल्क स्वास्थ्य परिक्षण गरेका थिए । मोरङको क्षेत्र नम्बर ६ का अन्य स्थानमा पनि क्रमस निशुल्क स्वास्थ्य शिविर संचालन गरिने छ ।