विराटनगर-कांग्रेस संसदीय दलले प्रदेश नम्बर १ सरकारको तीन महिने कार्यकालको समीक्षा गर्दै कामको प्रभावकारिता चित्तबुझ्दो र परिणामुखी नदेखिएको निश्कर्ष निकालेको छ ।

संसदीय दलका नेता राजिव कोइरालाको अध्यक्षतामा आइतबार बसेको बैठकले गठबन्धन सरकार  मुल मर्ममा गठन भएको थियो त्यसअनुसार अघि बढ्न नसक्दा  गठबन्धनको संस्कृति र मूलआत्माबाट नै नै विमुख भएको देखिएको ठहर गरेको छ । 

कांग्रेस सचेतक सूयर्माराज राईका अनुसार बैठकले दलहरुको बीचमा सहमति हुनुपर्ने, मन्त्रीहरुको बीचमा समन्वय हुनुपर्ने, मन्त्री तथा मुख्यमन्त्रीबीच सरसल्लाह हुनुपर्ने, दल दलहरुबीच अनि नेता नेताहरुबीच पनि समन्वयको अभाव देखिएको बताए । “प्रदेश नामकरणको विषय सरकारले तुरुन्त टेबुल गर्नुपर्छ यो नै सरकारको मुख्य कार्यभार हो । तर, सरकारले यस विषयमा सामान्य काम पनि गरेको छैन् । गम्भीरता देखिएको छैन अब सरकार गम्भीर हुनुपर्छ,” बैठकमा कांग्रेस सांसदले उठाएका सवालबारे राईले जानकारी दिए । 

नेपाली कांग्रेसको संसदीय दलको नेता राजिव कोइरालालाई उच्चस्तरीय समयन्त्रको संयोजक तोकिएको  तर त्यहाँ जुन तहमा समन्वय र सरसल्लाह गर्नुपर्ने त्यो नदेखिएको कांग्रेस संसदीय दलको निश्कर्ष रहेको सचेतक राईले बताए । भने,“केही अनौपचारिक ढंगले मुख्यमन्त्री कार्यालयबाट कर्मचारीलाई आधिकारिक हुन वा गैरआधिकारिक व्यक्तिबाट सरुवा गरिदिन्छु भन्दै आतंकित गर्ने काम गरिएको बारे पनि छलफल भएको छ । यस विषयमा कांग्रेसले सरकारको ध्यानाकर्षण गराउने छ ।” 

सचेतक रार्इूले सरकारले तीन महिनाको अवधिमा जनता सामु जान नसकेको र खासै उपलब्धिपूणर् काम गर्न नसकेको कांग्रेस संसदीय दलको ठहर भएको बताए । प्रदेश १ मा गत कात्तिक १६ गते नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईको नेतृत्वमा पाँच दलीय गठबन्धनको सरकार बनेको छ । यो सरकारको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो ।