विराटनगर उद्योगी एवम् समाजसेवी दीनबन्धु गोयलले विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेका छन् । विराटनगर ६ रामपुरस्थित जनचेतना आधरभूत विद्यालयमा अध्ययरत १ सय ८० जना विद्यार्थीहरूलाई जाडोमा लगाउने ट्रयाकसुट आइतबार एक कार्यक्रम आयोजना गरि वितरण गरिएको हो ।


दीनबन्धु गोयलका आफ्ना दाजु ओमप्रकाश गोयलका स्मृतिमा विद्यार्थीलाई जाडो न्यानो हुने ट्रयाकसुट वितरण गरेका थिए । कार्यक्रममा समाजसेवी गोयलले विपिन्न परिवारका सदस्यहरुलाई जाडोमा न्यानो पार्न ट्रयाकसुट सहयोग गरेको बताए । सामुदायिक विद्यालयका धेरै जसो विद्यार्थीको अवस्था दयनीय देखेर आफूले दाजुका स्मृतिमा जाडोको न्यायो कपडा पार्ने ट्रयाकसुट बितरण गरेको उनले बताए ।


गोयलले दाजु ओमप्रकाश पनि सामाजिक सेवाको भावना रहेको उल्लेख गर्दै आफूले दाजुकै माध्यमबाट समाजसेवाको प्रेरणा प्राप्त भएको बताए । उनले असहाय र आवश्यक परेकालाई सबैले गच्छेअनुसार सहयोग गर्न सके समाज सुख, शान्ति र बन्धुत्वको भावना स्थापित हुने बताए ।


गोयलले यसअघि पनि विराटनगर-१९ मा रहेको जागृति आधरभूत विद्यालयमा अध्ययरत विपन्न १ सय २७ जना विद्यार्थीहरुलाई जाडाको न्यानो कपडा, जुक्ता र स्कूलको पोषक वितरण गरेका थिए ।


कार्यक्रममा विराटनगर ६ का वडाअध्यक्ष विजय कामतले जनचेतना आधरभूत विद्यालयमा विपन्न परिवारका छोराछोरी पढने भएकोले जाडोमा न्यानो हुने ट्रयाकसुटले विद्यार्थीलाई धेरै ठूलो सहयोग मिलेको बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जयन्ती दास, व्यवस्थापन समितिका अध्यक्ष दिनेश कुमार कामतलगायतको उपस्थित रहेको थियो ।