काठमाडौं – कलिलो उमेरका कारण बालबालिकाको शल्यक्रियालाई जटिल मानिन्छ । नेपालका केही सीमित अस्पतालहरुमा मात्र बालबालिकाको शल्यक्रिया हुने गरेको छ । बालबालिकाको जटिल समस्याको शल्यक्रिया गर्ने अस्पताल झन् कम छन् । बालबालिकाको शल्यक्रियाका लागि सीमित अस्पतालमात्र भएकाले सरकारी अस्पतालमा शल्यक्रियाका लागि महिनौंसम्म पालो कुर्नुपर्ने वाध्यता छ ।

तर, काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) ले बालबालिकाको जटिल एवम् दुर्लभ शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेर आफूलाई अब्बल सावित गरिसकेको छ । केही महिनाअघि केएमसीले १४ दिनको नवजात शिशुको जन्मजात देखिएको कनजेनिटल डायफ्रामाटिक हर्नियाको जटिल शल्यक्रिया सफलतापूर्वक गरेको थियो । 

अहिले केएमसी बालबालिकाको अप्रेशनमा पनि अब्बल बन्दै गइरहेको छ । नेपालकै उत्कृष्ट चिकित्सकबाट जटिल अप्रेशन गरेको केएमसी बालबालिकाको शल्यक्रिया सेवामा अब्बल बन्दै गइरहेको हो । केएमसीमा भारतको भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजमा पढेर आएका नेपालकै पहिलो बाल शल्य चिकित्सक डा.आशिस लाल श्रेष्ठसहितको चिकित्सकीय टिम छ । 

नेपालकै उत्कष्ट एवम् दक्ष मानिने बाल शल्य चिकित्सकहरुको टिमले केएमसीमा बालबालिकाको जटिल एवं दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गर्दै आएको छ । केएमसीका अध्यक्ष डाक्टर सुनिल शर्मा केएमसीमा अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको टिम भएकाले वालवालिकाको जटिल एवं दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिदै आएको बताउँछन् ।

यस्तै, केएमसीका वाल तथा नवजात शिशु सर्जन डा.श्रेष्ठ केएमसीमा न्यून शुल्कमै तत्काल, सहज र सरल रुपमा वालवालिकाको शल्यक्रिया गर्ने गरिएको बताउँछन् । गत बैशाख महिनाबाट बालबालिकाको शल्यक्रिया सेवा सुरु गरेको केएमसीले अहिले महिनामा करिब २०–३० जना वालवालिकाको शल्यक्रिया गर्दै आएको छ । बालवालिकाको शल्यक्रियाका लागि काठमाण्डौं उपत्यकासहित देशका बिभिन्न जिल्लाबाट विरामी आउँने गरेको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।