विराटनगर- गाउँबाट घरतर्फ फर्कने क्रममा बाटोमा लडेर मोरङको मिक्लाजुङमा गय राति एक महिलाको मृत्यु भएको छ । बाटो हिँड्ने क्रममा चिप्लिएर लडेकी मिक्लाजुङ गाउँपालिका–१ की ५६ वर्षीया गुनमाया राईको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।

उनका अनुसार मिक्लाजुङकै आइतबारेबाट घरतर्फ फर्कदै गरेकी गुनमाया राति ९ बजेतिर बाटोमा चिप्लिएर लडेको पाइएको छ । लड्नसाथ घटनास्थलमै महिलाको मृत्यु भएको डीएसपी श्रेष्ठको भनाइ छ । इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले शव पोस्टमार्टमका लागि अस्पताल पठाएर घटनाको अनुसन्धान सुरु गरेको जानकारी उनले दिए।