विराटनगर - कोरोना महामारी नियन्त्रणको लागी संस्थागत समाजिक उत्तरदायित्व अन्र्तगत सिदार्थ बैक प्रदेश कार्यालय विराटनगरले १० लाख रुपैया सहयोग प्रदान गरेको छ । प्रदेश न १ सरकारले स्थापना गरेको जनसुरक्षा कोषमा सिद्धार्थ बैक प्रदेश कार्यालयका प्रमुख कमल बस्नेतले आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीलाई १० लाख रुपैयाको चेक हस्तान्नतरण गरे ।
दैवी विपत्ती परेको बेला बैकले विभिन्न समयमा सरकारलाई नगद सहयोग प्रदान गर्दै आएको बस्नेतले बताए ।कोरोना महामारी नियन्त्रणको लागी गत बर्ष पनि बैकले प्रदेश सरकारलाई १० लाख रुपैया सहयोग उपलब्ध गराएको थियो बस्तेले बताए ।
कोरोना भाईरसको महामारीको जोखिम न्यूनिकरण र उपचारमा सहयोग पुगोस भन्ने उधेश्यले प्रदेश सरकारले सुरु गरेको अभियानमा रकम उपलब्ध गराएको बैकले जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा सिद्धार्थ बैक विराटनगर शाखाका प्रबन्धक सूर्यप्रसाद शर्मा, आन्तरिक मामिला तथा कानून सचिव राजेन्द्रकुमार पौडेलको पनि उपस्थिति रहेको थियो।

