विराटनगर–धनुषाको उद्योग वाणिज्य संघको आसन्न,निर्वाचनमा अम्भुप्रसाद साहले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको छन् । धनुषामा पत्रकार सम्मेलन गरि शिवम ट्रेडर्सका सञ्चालक समेत रहेका साहले आगामी चैत २८ गते हुने संघको निर्वाचनमा उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलमा उनले आफू सबैजना उद्योग व्यवसायी साथीहरुको आशा र भरोसाको सम्वाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने व्यवसायी समृद्ध भए मात्र देश समृद्ध हुने उल्लेख गरे ।
उनले भने‘कुनै पनि संस्था या संगठनको नेतृत्व गर्नु भनेको आशा र भरोसाको सम्वाहक बन्नु हो र मैल पनि मेरा सहकर्मी, सहृदयी सबैजना उद्योग व्यवसायी साथीहरुको आशा र भरोसाको सम्वाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
धनुषा जिल्लाका सम्पूणर् उद्योग व्यापारी तथा व्यवसायीहरुको हकहितको संरक्षण तथा सम्बर्धन गर्दै राष्ट्रको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्याउन आफूले भूमिका निर्वाह गर्ने उनले जानकारी गराए । उनले निजी क्षेत्रका समस्या समाधान गर्न व्यापार संघलाई अझ बलियो र सबल बनाउन आफूले अब आउने अध्यक्षसँग काँधमा काँध मिलाएर अगाडि बढ्ने लगायतका २० बुँदे घोषणा पत्र समेत सार्वजनिक गरेका छन् ।

