विराटनगर-प्रदेश १ को इटहरी २ तालतलैयामा ३० करोडको लगानीमा निर्माण सम्पन्न भएको इपी ल्यान्ड एण्ड वाटर पार्क आइतबारबाट संचालनमा आउने भएको छ । गत चैत महिनाबाट नै सुचारु गरिने लक्ष लिएर निर्माण गरिएको पार्क कोरोना भाइरसको महामारीको कारण १० महिना बन्द भएर संचालनमा आउन लागेको हो । 

फागुन १७ गते औपचारिक उद्घाटन पछि वाटर पार्क पूणर् रुपमा सर्बसाधरणका लागि खुला गरिने छ । ६ विगाह क्षेत्रफल जग्गामा निमाणर् भएको पार्क प्रदेश एककै नमुना भएको इपी ल्याण्ड एण्ड वाटर पार्कका अध्यक्ष भीम पौडेलले बताए ।

उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष समेत रहेका उद्यमी भीम पौडेल,पूर्व एआईजी कृष्ण बस्नेत, पूर्व डिआईजी ज्ञानविक्रम शाह, काठमाण्डौको वुपी ल्यान्ड एम्युजमेन्ट वाटर पार्कका सञ्चालक जगतबहादुर बस्नेतको सयुक्त लगानीमा पार्क सञ्चालनमा आएको हो ।

‘यसभित्र नेपालमै पहिलो इन्डोर आइसपार्कको निर्माण गरिनेछ’, संचालक जगतबहादुर बस्नेतले भने, ‘स्विमिङ पुल र डाइनोसरका मूर्तिहरु राखिएको छ । काठमाडौं बाहिरको यो सबैभन्दा ठूलो र आधुनिक प्रकृतिको पार्क हुनेछ ।’ आन्तरीक तथा बाह्यि पर्यटकहरुलाई लक्षित गरेर पार्क सञ्चालनमा ल्याईएको सञ्चालकहरुले बताएका छन ।

‘प्रदेश नम्बर १ को सरकारले पर्यटन प्रबद्र्धनलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको छ । पर्यटक क्षेत्रलाई यस्ता पार्कले अझै उत्साहित बनाउँने छ । पार्क अत्याधुनिक भएको बताउँदै कम्पनीका अध्यक्ष भीम पौडेलले प्रदेश एककै केन्द्रविन्दु इटहरीमा पार्क निमाणर् गरेको बताएका छन ।