विराटनगर–विराटनगर भन्सार एजेन्ट संघको नयाँ कार्यसमितिको अध्यक्षमा विजेन्द्र परासर निर्वाचित भएका छन । उनले पूर्व अध्यक्ष प्रविण जोशीलाई १ मत अन्तरले पराजित गरे । 

बुधबार विराटनगरमा भएको १० औं वार्षिक साधरणसभा तथा चौथो अधिवेशनबाट परासर नेतृत्वको समूह बिजयी भएको हो । उपाध्यक्ष हरि प्रसाद ठाकुर, सुदर्शन दाहाल, नवलप्रसाद उपाध्याया, सचिव कृष्णबहादुर थापा, सहसचिव दयानन्द मण्डल र कोषाध्यक्षमा विनोद पोदार निर्वाचित भएका छन । 

उपाध्यक्षमा प्रतिस्पिर्धी अरुण खेतान र देवकीनन्दन शर्माले क्रमशः ७ र १ मत ल्याउँदा विजयी ठाकुर र दाहालले क्रमशः ११ र १४ मत प्राप्त गरेका थिए । सचिवका उम्मेदवार थापाले ९ मत प्राप्त गरेर बिजयी हुदा प्रत्याशी राजेशकुमार गुप्ताले ७ मत प्राप्त गरेका थिए । सहसचिव र कोषाध्यक्ष पदका उम्मेदवार मण्डल र पोद्धार भने निर्विरोध चयन भएका थिए । 

सदस्यहरुमा रमेशकुमार कर्ण १५ मत, भरतराज भट्टराई १० मत, सुरेशकुमार अग्रवाल ११ मत ल्याएर बिजयी भएका हुन भने कृष्ण प्रसाद पोखरेललाई मनोनित गरिएको हो ।  सदस्यमा ८ मत ल्याएर किशोरबहादुर शाही र ३ मत ल्याएर गुलावचन्द्र साह पराजित भएका थिए ।