विराटनगर–बजाज कम्पनीको आधिकारीक विक्रेता केसरीचन्द भवरलाल कम्पनीले तीन पाङ्ग्रे टेम्पो बजाज विएस ६ बजारमा ल्याएको छ । नेपालका लागि गोल्छा ग्रुपले आफ्ना डिलरहरु मार्फत आज नेपाल भरि आर ई बिएस ६ को सार्बजनिक गरेका छन । विराटनगरको विक्रेता केसरीचन्द भवरलाल प्रोपाइटर प्रशान्त तातेडले पहिलेको विएस ४ भन्दा अहिलेको गाडीमा धेरै फिचरहरु थपिएर आएको बताए । 

उनका अनुसार ड्यासबोर्ड, २३६ सिसिको इन्जिन, प्यासेन्जरका लागि साइड ढोका, एमपिथ्रि म्यूजिक सिस्टम लगायतका १० वटा फिचर थपिएर आएको तातेडले जानकारी दिए । विराटनगरको राधारमण मन्दिर बरगाछीमा रहेको सो रुपमा नयाँ अटो सार्बजनिक गर्दै तातेडले यसले सिटी सफारि चलाएर दिनभरिमा ५ देखी ८ सय रुपैयाँ मात्रै कमाउने चालकहरुले यो अटोबाट दैनिक दुई हजार सम्मको बचत गर्न सक्ने उल्लेख गरे । 

सेल्स मैनेजर सुरेन्द्र कार्कीले पहिले यात्रुहरु पछाडी बस्दा सबै तिर थुनिएको जस्तो अनुभव गरेपनि अहिले नयाँ आएको अटोमा भने तीन तिर नै पारदर्शी झ्याल रहेकाले बाहिरको दृष्य सजिलै नियाल्न सक्ने बताए । यसको बजार मूल्य अहिले ५ लाख ६४ हजार ९ सय रहेको छ । छ वटा विभिन्न कलरमा उपलब्ध अटोको लागि केसरीचन्द भवरलालले दुई बर्षे किस्तामा शुन्य प्रतिशत ब्याजदरमै उपलब्ध गराएको छ । 

मोरङको जहदाका आदर्श सोरेनले तीन लाख रुपैया बुझाएर नयाँ सार्बजनिक भएकै दिन नयाँ अटो किनेका छन । उनले अटोमा यात्रुबोकेर किस्ता पनि तिर्ने र आफुलाई घरखर्च समेत उठाउने लक्ष्य लिएका छन । उनले मासिक ११ हजार ८ सय अटोको किस्ता तिर्नु पर्छ । भारतमा काम गर्न गएका उनी लकडाउनको समयमा धेरै दुख झेलेर घर आएकाले अब उता नगई नेपालमै केही गर्ने योजना रहेको सुनाए । आफ्नै देशमा केही गर्छु भन्ने अठोटले उनले अटो किनेको बताए ।