राष्ट्रिय

    Showing ६१-७० of १४९ items.
  • प्रदेश १ मा ६ जनाको मृत्यू, ४८४ जनामा कोरोना संक्रमण

    विराटनगर-प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ पुरुष र २ महिला गरि ६ जनाको मृत्यू भएको छ ।  ४ सय ८४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा २ सय ९७ र ९ सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ८७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार मोरङमा १२३, झापामा ९८, सुनसरीमा ५३, धनकुटामा ९, इलाममा ६, पाँचथरमा २, खोटाङ, उदउयपुर र संखुवासभामा १-१ र प्रदेश १ बाहिर ३ जनामा संक्रमण देखिएको हो ।मोरङको विराटनगरमा ६३, लेटाङमा ३०, बेलबारीमा १६, उर्लाबारीमा ५, पथरीशनिश्चरे र सुन्दरहरैचामा ३-३,  कानेपोखरी, मिक्लाजुङ र स्थानीयतहनखुलेका १-१

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • ३२९ पटक पढिएको
  • भीम आचार्यले लिए मुख्यमन्त्रीको सपथ

    विराटनगर-माधव नेपाल समूह छाडेका भीम आचार्य प्रदेश १ को नयाँ मुख्यमन्त्री बनेका छन । सुनसरीको इनरुवा घर भएका आचार्य सुनसरी क्षेत्र नम्बर १ को ‘ख’बाट प्रदेश सभामा निर्वाचित भएका थिए । उनले बिहिबार सपथ ग्रहण गरेका हुन । यस अघि संसदीय दलको निर्वाचनमा उनी शेरधन राईसंग दुईमतले पराजीत भएका थिए । विराटनगरको होटल एसियाटिकमा बिहिबार नै संसदीय दलको बैठक बसेर दलको नेता चयन भएका आचार्यलाई आजै मुख्यमन्त्रीको सपथ गराइएको हो । संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन भएको हो । आचार्यले संविधान अनुसार ३० दिनभित

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • ५५२ पटक पढिएको
  • सर्बोच्चले हितेन्द्रदेवको मुद्धामा फाइल झिकाउन आदेश दियो

    विराटनगर-‘सरकारको निणर्य मान्छु जहा पठाएपनि जान्छु’भनेर अन्तरबार्ता दिने हितेन्द्रदेव शाक्यले अन्तत कुलमान घिसिङ नियुक्त भएको पदमै थमौति गरिपाउँ भनि सर्बोच्चमा दायर गरेको रिटमा मंगलबार सर्बोच्चले मिसिल झिकाउन आदेश दिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले मिसिल कागज झिकाउने आदेश दिएको हो ।नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति बदर गरिपाऊँ भन्दै पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गत भदौ १ गते सर्वोच्चमा उत्प्रेषणको आदेश माग गर्दै रिट दायर गरेका थिए । भदौ २ गते पेसीमा चढे पनि उक्त रिट हेर्न नभ्याइने सूचीमा परेको थियो ।मंगलबारको पेसीमा अन्तरिम आदेश

    • प्रकाशित मितिः भदौ ८, २०७८
    • १९० पटक पढिएको
  • प्रदेश १ मा १८ जनाको मृत्यू, ४२१ जनामा कोरोना संक्रमण

    विराटनगर-प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ पुरुष र ५ महिला गरि १८ जनाको मृत्यू भएको छ भने ४ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ । ९ सय २४ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ९ र ५ सय २ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय १२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १ सय ४९, मोरङमा ६८, सु्नसरीमा ६७, इलाममा १२, संखुवासभामा ५, उदयपुरमा २, पाँचथर र तेर्‍हथुममा १-१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।झापाको विर्तामोडमा ३०, कनकाई र अर्जुनधारामा २६-२६, दमकमा १९, शिवसताक्षीमा १६, मेचीनगरमा १४, बुद्धशान्तिमा ८, भद्रपुरमा ४,

    • प्रकाशित मितिः भदौ ७, २०७८
    • ३५६ पटक पढिएको
  • साझा हेल्पलाइन सेवा सञ्चालन गर्न सरकारले चासो दिनुपर्ने

    विराटनगर-महामारी र विपदको बेलामा मात्र नभएर सेवाबाट बंञ्चित भएका र  हिँसा पिडितहरुका लागि मनोविमर्श सहितको साझा हेल्पलाईन सेवा सञ्चालन गर्न सरकारले चासो दिनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन । महामारी र विपदको अवस्थामा मात्र नभएर विभिन्न सेवाबाट बञ्चित भएका पिडितहरुलाई न्याय र सेवा कहाँ कसरी पाईन्छ भन्ने सूचना दिन र उनीहरुलाई मनोविर्मश प्रदान गर्नका लागि साझा हेल्पलाईन सेवा अति आवश्यक देखिएकोले सञ्चालन गर्न सरकारले चासो दिनुपर्ने सरकारवालाहरुले जोड दिएका हुन । सोमबार साझा अधिकारका लागि साझा मञ्च (कोकन) ले कोभिड महामारीका बेला अल्पकालिन रुपमा आफनै पहलमा सञ्चालन गरेको हेल्पलाईन स

    • प्रकाशित मितिः भदौ ७, २०७८
    • ४७६ पटक पढिएको
  • ढल्केबरमा खुल्यो १६ करोडको लागतमा सुविधा सम्पन्न कोमल होटल

    विराटनगर-ढल्केबर भनेपछि पूर्व पश्चिम यात्रा गर्नेहरुका लागि नयाँ ठाउँ होइन । तर पहिले ढल्केबरमा सुविधा सम्पन्न होटल नपाउदा भने धेरैले रात विताउन समस्या भोग्नु भएको होला । तर अब स्थानिय युवा व्यवसायी अनिल साहले १६ करोड खर्च गरेर २६ वटा एयरकण्डिसन सहितका कोठा भएको आधुनिक होटल संचालनमा ल्याएका छन । उनले भ्रमण बर्ष २०२० लाई लक्ष्य गरेर होटल संचालन गर्ने योजना बनाएपनि कोरोनाको कारण भएको लकडाउनले केही बिलम्ब भएपनि अहिले होटल संचालनमा आएको छ । तर औपचारिक उद्घाटन नभएपनि उनले होटल संचालनमा रहेको जानकारी दिए । खासगरि व्यापार, जागिर, धार्मीक पर्यटकलाई लक्ष्य गरेर उनले होटलमा लगानी गरेका हुन । प

    • प्रकाशित मितिः भदौ ७, २०७८
    • ६,३१९ पटक पढिएको
  • मालिका केशरीको आख्यान ‘दुङाल’ विमोचित

    विराटनगर–साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को आइतबार काठमाडौंमा सार्वजनिकीकरण भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार मालिका केशरीले संयुक्त रुपमा विमोचन गरे ।कार्यक्रममा मानवअधिकारवादी पाठकले उपन्यासले शरणार्थीको मानवअधिकार, न्याय र आत्मसम्मानका कुरा उठाएकोे बताए । उनले भने,- ‘उपन्यास पढ्दा पाठकलाई हरेक घटनामा आफू पनि सँगै रहेको भान हुन्छ ।  आप्रवासन या शरणार्थी हुनु रहर नभएर बाध्यता भएको कुरा उपन्यासले राम्ररी स्थापित गरेको छ । मानवअधिकारका दृष्टिले

    • प्रकाशित मितिः भदौ ७, २०७८
    • ३९४ पटक पढिएको
  • चालु आवको पहिलो महिना १ खर्ब भन्दा बढी राजश्व संकलन

    विराटनगर-कोभिडको कारण थला परेको अर्थतन्त्र र नयाँ सरकार आएसंगै नयाँ आर्थिक नीतिका साथ अघि बढ्ने तयारीका बिच पनि सरकारलाई भने खुसीको खबर मिलेको छ । साउन महिनामा राजस्व संकलनमा सफलता मिलेको छ । सरकारले चालु वर्षको ३५ दिनमा १ खर्ब भन्दा बढि राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार भदौ ५ गतेसम्म १ खर्ब १३ अर्ब ६३ करोड राजस्व संकलन गरेको छ ।कार्यालयका अनुसार कर राजस्व ८३ अर्ब ३५ करोड छ भने गैरकर राजस्व १७ अर्ब २६ करोड संकलन गरेको छ । अन्य स्रोतबाट  १३ अर्ब संकलन गरेको कार्यालयले जनाएको छ ।साउन महिनामा आन्तरिक राजस्व र भन्सार विभाग दुबै निकायले लक्ष्यभन्दा धेरै रा

    • प्रकाशित मितिः भदौ ६, २०७८
    • ५७७ पटक पढिएको
  • वीपीको छानविन प्रतिवेदन चाडै कार्यान्वयन हुने विश्वास

    धरान–धरान नागरिक दबाब सञ्जालले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति, भ्रष्टाचार, मनपरीतन्त्रको छानबिन गरी सार्वजनिक समेत भएको वैकुण्ठ अर्याल समितिको प्रतिवेदन कार्यान्वयन हुन केही समय प्रतिक्षा गर्नुपर्ने निश्कर्ष निकालेको छ । सञ्जालको आइतवार बसेको बैठकको निर्णयमा उक्त कुरा उल्लेख गरिएको छ । धरानका मेयर तिलक राईको नेतृत्वमा काठमाण्डू गएको सञ्जाल सहितको सर्वदलिय, सर्वपक्षिय प्रतिनिधि मण्डलले समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकार तथा गठबन्धन दलका शिर्षस्थ नेताहरु संग गरेको पहल सकारात्मक रहेको ठहर सञ्जालले गरेको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा

    • प्रकाशित मितिः भदौ ६, २०७८
    • ३०८ पटक पढिएको
  • कोभिडको कारण संकटमा परेका उद्योगका संचालकलाई उत्प्रेरणा तालिम

    विराटनगर–वर्तमान महामारीका कारण उद्योग व्यवसाय लगायतका क्षेत्र हरुले भोग्नु परेको व्यवसायीक समस्यालाई दृष्टिगत गरी विभिन्न उद्योग प्रतिष्ठानका संचालक र उच्च व्यवस्थापकहरुको व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उद्योग संगठन मोर»को आयोजना तथा नेपाली युवा उद्यमी मंच, विराटनगर च्याप्टरको सहयकार्यमा संकटको समयमा व्यापारको पुनःरणनीतिकरण विषयक उत्प्रेरणामूलक कार्यक्रम बिहिबार सम्पन्न भएको छ । कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले विश्वव्यवापी महामारीले सिर्जना गरेको आर्थिक संकटले सबै क्षेत्रलाई निराश तुल्याएको समयमा उद्योगी व्यवसायीले आफनो व्यवस्थापकीय क्षमतालाई अभिवृद्धि गर्दै

    • प्रकाशित मितिः भदौ ४, २०७८
    • ३८४ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल