राष्ट्रिय

    Showing ९१-१०० of १४९ items.
  • खाना पकाउने ग्यास १४२५, पेट्रल १२९, डिजल र मट्टितेल अब ११२ कायम

    विराटनगर-दुईसाता नपुग्दै नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । अब खाना पकाउने ग्यासको मूल्या प्रति सिलिण्डर १४ सय २५, पेट्रोल प्रतिलिटर १२९ रुपैंयाँ र मट्टितेल र डिजेल प्रति लिटर ११२ रुपैयाँ पुगेको छ । यो मंगलबार रातीबाट बृद्धि गरिएको मूल्य हो । गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो । पुनः प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पुर्‍याएको छ । डिजेल/मटितेलको मूल्य अब प्रतिलिटर २ रुपैयाँ बढेर ११२ रुपैयाँ पुगेको छ ।हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय

    • प्रकाशित मितिः असार २३, २०७८
    • ६१४ पटक पढिएको
  • होसियार ! साउन १ गतेबाट तपाईको मोबाइल नचल्न सक्छ

    विराटनगर-नेपाल टेलिकमले साउन १ गतेबाट आईएमइआई दर्ता नभएको मोबाइल नचल्ने घोषणा गरेको छ । तर संचालनमा रहेका पुराना मोबाइलको भने इन्टरनेसनल मोबाइल इक्यूपमेन्ट आइडेन्टिटी(आईएमइआई) दर्ता गर्नु पर्दैन । संचालनमा रहेका मोबाईल सेट भने साउन १ गते पछि पनि संचालनमै रहने छन । तर तपाईलाई साउन १ गते पछि विदेशबाट उपहार आएको छ वा लिएर आउनु भएको छ भने त्यस्ता मोबाईल सेट भने आईएमइआई नम्बर दर्ता नगरि चल्दैन । चोरी पैठारीबाट करोडौंका मोबाइल भन्सार नतिरि भित्रने गरेपछि टेलिकमले दर्ता गर्नु पर्ने व्यवस्था गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणले आईएमईआई नम्बर दर्ता अनिवार्य गरेको प्रवक्ता सन्तोष पौडेलले जानकारी

    • प्रकाशित मितिः असार २३, २०७८
    • ६८५ पटक पढिएको
  • पत्रकार माझ डिआइजी बिसीले भने‘गौंडा बाँडेर भइरहेको तस्करी रोकीन्छ’

    विराटनगर-प्रहरीकै मिलेमतोमा चाइनिज स्याउ तस्करी भएको र चार प्रहरीलाई कारवाही भएको घटना लगत्तै प्रदेश १ को प्रहरी प्रमुखको कमाण्ड सम्हाल्न आइपुगेका प्रहरी नायव महानिरीक्षक(डिआइजी) अरुणकुमार बिसीले सोमबार तस्करी रोक्न आफु कडा रुपमा प्रस्तुत हुने प्रतिबद्धता पत्रकारमाझ जाहेर गरे । अघिल्लो लक डाउनका बेला नेपाल भारत सीमामा भएको कडाइको कारण नेपाली खाद्यान्न उद्योगले आफ्ना सबै उत्पादन नेपालमा नै विक्री गरेका थिए । दोश्रो पटकको कोरोना संक्रमणको लहर रोक्न गरिएको नेपाल भारत सीमा सील नाममात्र थियो । त्यहि बेला स्याउ तस्करी भएर सीमा पारि पुगेको थियो । भारतीय उत्पादन विना कुनै रोकतोक नेपाल प्रवेश गरेक

    • प्रकाशित मितिः असार २१, २०७८
    • ८५६ पटक पढिएको
  • जीवन विकास लघुवित्तको सेयर शुक्रबार बाँडफाँड हुने

    विराटनगर-जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ शुक्रवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलले अन्तिम बाँडफाँट शुक्रवारसम्म गरिसक्ने गरी काम गरिरहेको बताएको छ । आवेदकहरुको डाटा भेरिफिकेसनको काम अन्तिम चरणमा रहेकाले सोमवार वा मंगलवारभित्रमा प्रि - अलोटमेण्ट सम्पन्न गर्ने तयारी विक्री प्रबन्धकको छ । कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म सार्वजनिक निष्कासन मार्फत १८ लाख ४८ हजार १५ कित्ता शेयर विक्री  गरेको हो । यो शेयर १ लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् भने बाँकी ५ कित्ता शेयर थप ५ जनाले एक कित्ताका दरले प्राप्त गर्नेछन् ।सिड

    • प्रकाशित मितिः असार २१, २०७८
    • ४०७ पटक पढिएको
  • विभिन्न घटनामा दुई बेपत्ता, तीन बालकको मृत्यू

    विराटनगर-पाँचथर याङवरक गाँउपालिका ४ काबेलीखोलामा पौडी खेल्न गएका ६ जना मध्ये २ जना बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको छ । बेपत्ता हुनेमा सोही स्थानका ६ बर्षीय लक्ष्मण योङहाङ र १३ बर्षीय बिपल योङहाङ रहेका छन् । आईतवार दिउँसो साढे १२ बजे ६ जनाको समुहमा पौडी खेल्न गएका उनिहरु मध्ये लक्ष्मण र बिपल खोलाले बगाई बेपता भएका हुन् । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा उद्धार सामाग्री सहितको प्रहरी टोली खटि गई खोजतलास भईरहेको छ ।त्यसैगरि सोलुखुम्बुको खुम्बुपासाङलाम्हु गाँउपालिका -१ खरिखोलाका ३३ बर्षीय रिन्जी पासाङ शेर्पाको भर्याङबाट लडेर मृत्यु भएको छ

    • प्रकाशित मितिः असार २१, २०७८
    • २५६ पटक पढिएको
  • चित्र कोर्न पाउनुपर्ने कलाकारहरुको माग

    विराटनगर - कलाकारहरुले कोरोना महामारीमा अग्रपंक्तिमा खटेर काम गर्ने व्यक्तिहरुको सम्मानका लागि रत्नपार्कस्थित आकाशे पुलको भित्तामा चित्र कोर्न पाउनुपर्ने माग गर्दै महानरपालिकामा निवेदन दिएका छन् ।कोरोना विरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, शव व्यवस्थापन गर्ने व्यक्ति, पाइलट र सरसफाईकर्मीको सम्मानका लागि रत्नपार्क स्थित आकाशे पुलको भित्तामा बनाइएको चित्र काठमाडौं महानगरपालिकाले मेटेपछि कलाकारहरुले चित्र कोर्न पाउनुपर्ने माग गर्दे महानगरलाई निवेदन दिएका हुन् ।  दुजाङ्ग शेर्पा नेतृत्वको कलाकारको टोलीले आइृतबार काठमाडौं महानगरपालिकाका प्रमुख&nbs

    • प्रकाशित मितिः असार २०, २०७८
    • ६३० पटक पढिएको
  • बंगलादेशलाई छुट नेपाललाई एन्टी डम्पिङ ड्यूटी लगाउने भारत सरकारको नीति विभेदपूर्ण

    विराटनगर-भारतले नेपालबाट निकासी हुने जुटका तयारी बस्तुमा लगाउदै आएको एन्टी डम्पिङ ड्यूटी (एडीडी)हटाउन उद्योगीहरुले माग गरेका छन । बंगलादेशबाट भारत निकासी हुने जुटमा भने भारतले एन्टी डम्पिङ ड्यूट लगाएको छैन । नेपाली उद्योगीले एन्टी डम्पिङ वापद भारत सरकारलाई ३० करोड रुपैयाँ बार्षिक शुल्क बुझाउदै आएका छन । तर बंगलादेशका उद्योगीहरुले भने एक पैसा बुझाउदैनन । नेपाली उद्योगले बार्षिक साडे ७ अर्बको तयारी जुट निकासी गर्दै आएका छन । ५० प्रतिशत भन्दा बढी कच्चा जुट भारतबाट नै ल्याएर नेपालका उद्योगहरुले यहाबाट जुटका तयारी बस्तु भारतीय बजारमा बिक्री गर्दै आएका छन । भारतीय जुट बजारमा नेपालको उत्पाद

    • प्रकाशित मितिः असार २०, २०७८
    • ४६० पटक पढिएको
  • मोरङ र सुनसरीका दर्जनौँ खोलामा बाढी, सचेत रहन विभागको आग्रह

    विराटनगर-तीन दिनदेखिको भारी वर्षाका कारण मोरङ र सुनसरीमा रहेका दर्जनौँ खोलामा ठूलो बाढी आएको छ । बाढी आएर जलसतह बढेसँगै खोला आसपासमा बसोबास गरिरहेकाहरुमा त्रास बढेको छ । वर्षेनी खोलामा आउने बाढीका कारण मोरङ र सुनसरीमा ठूलो जनधनको क्षति हुँदै आएको छ । कयौं परिवार विस्थापित हुने गरेका छन् । निरन्तरको वर्षाका कारण खोलामा जलसतह बढेर बाढी आएको भन्दै जल तथा मौसम विज्ञान विभागले सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ । दुवै जिल्लाका दर्जनौँ स्थानमा ठूलो वर्षा भइरहेको विभागले जनाएको छ । विभागले सुनसरीको इटहरी, तरहरा, मोरङको सुन्दहरैँचा, बेलबारी लेटाङ लगायतका दर्जनौँ स्थानमा छ घण्टाभन्दा बढी निरन्तर

    • प्रकाशित मितिः असार १९, २०७८
    • ८४९ पटक पढिएको
  • कोशी ब्यारेजमा २ लाख क्यूसेक पानी नाघ्यो, पुल खतरामा

    विराटनगर-कोशी व्यारेज नियन्त्रण कक्षका अनुसार असार १९ गते बिहान ९ः३५ बजे अहिले सप्तकोसी नदिको पानीको वहाव प्रति सेकेन्ड २ लाख ३१ हजार ६ सय ५५ क्युसेक रहेको छ । व्यारेजका ५६ मध्ये ३० ढोका खुल्ला गरिएको छ ।कोशी ब्यारेजको निर्माणताका २०११ सालमा यसको क्षमता १२ लाख क्यूसेक पानी नियन्त्रण गर्न सक्ने थियो । तर ब्यारेज पुरानो भएकाले र सिमेन्टको आयु ५० बर्ष मात्र हुने भएकाले अहिले कोशी ब्यारेजको पानी नियन्त्रणको क्षमता घटेको छ । अत्याधिक बालुवाले ब्यारेजको सतह पुरिएकाले अहिले कोशी ब्यारेजको पानी थेग्ने क्षमता कति हो यकिन छैन । तर तीन लाख क्यूसेक पानी कटेपछि खतराको अवस्थाको घोषणा गरिन्छ ।

    • प्रकाशित मितिः असार १९, २०७८
    • १,४२२ पटक पढिएको
  • सामाजिक सुरक्षा कोषविरुद्ध बैंकका कर्मचारीहरूले सुरु गरेको आन्दोलन

    विराटनगर-सामाजिक सुरक्षा कोषविरुद्ध बैंकका कर्मचारीहरूले सुरु गरेको आन्दोलन मोफसलमा पनि सुरु भएको छ । शुक्रबार इटहरीमा विभिन्न बैंकका कर्मचारीले कालो ब्यानरसहित कोषविरुद्ध धर्ना दिए । कोषले खाईपाई आएको सुविधा खोस्ने र सरकारी कर्मचारीभन्दा निकै विभेद हुने गरी आवद्ध हुन दबाब दिएको भन्दै बैंकका कर्मचारीले देशव्यापी आन्दोलन गरिरहेका छन् । अघिल्ला दिनहरूमा बैंकको मुख्य कार्यालयहरूमा देखिने गरेको धर्ना आज मोफसलमा देखिएको हो । उनीहरूले कोषले कित खाईपाई आएको सुविधा नघट्ने सुनिश्चितता गर्नुपर्ने नभए स्वयेच्छिक आवद्धताको व्यवस्था गर्नुपर्ने भन्दै जबरजस्ती गरिए कोषविरुद्ध कानुनी लडाईं र सडक आन्

    • प्रकाशित मितिः असार १८, २०७८
    • २२६ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल