राजनीति

    Showing ७१-८० of १७० items.
  • प्रधानमन्त्री र प्रधानन्यायाधीशको मिलेमतोले लोकतन्त्र संकटमा : डा. शेखर कोइराला

    विराटनगर - नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवा र सर्वाेच्च अदालतका प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराको मिलेमतोका कारण लोकतन्त्र धरापमा परेको आरोप लगाएका छन् । गृह जिल्ला मोरङ आएका नेता कोइरालाले सोमबार सुन्दरहरैंचा नगर मोरङको नवनिर्वाचित कार्यसमितिको पदस्थापन एवम् शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै  लोकतन्त्रका लागि लडेको पार्टीका सभापतिले शक्ति पृथकीकरणको सिद्धान्त कुल्चनु लोकतन्त्रमाथि गम्भीर प्रहार भएको बताए ।“प्रधानमन्त्री र प्रधानन्यायाधीशको मिलेमत्तोले लोकतन्त्र संकटमा र्पयो, लोकतन्त्रका लागि लामो संघर्ष लडेको पार्टी नेपा

    • प्रकाशित मितिः आश्विन २५, २०७८
    • ३३० पटक पढिएको
  • नवनियुक्त मन्त्री हमालको राजिनामा स्विकृत

    काठमाडौं—नवनियुक्त उद्योग वाणिञ्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजिनामा दिनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजिनामा गर्न अनुरोध गरेका थिए । प्रधानमन्त्रीको अनुरोध स्विकार गर्दै हमालले आईतबार विहान पदबाट राजिनामा गरे । विभिन्न संचार माध्याममा आएका समाचार र कानुनविद्हरुले प्रश्न उठाए पछि हमालले पदबाट राजिनामा गरेको बताए । ‘सम्माननीय प्रधानमन्त्रीज्यू म लामो समयदेखि कांग्रेसको विभिन्न पदहरुमा सक्रिया रही बाँके जिल्लाको पार्टी सभापति समेत भएर काम गरेकाले पार्टीले सोही अनुसार मुल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैल

    • प्रकाशित मितिः आश्विन २४, २०७८
    • २७० पटक पढिएको
  • सबै नागरिकले मेरो सरकार भन्ने प्रत्याभूत गराउँछौँ : मन्त्री झाँक्री

    तनहुँ — सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले वर्तमान सरकारलाई सबै नागरिकको सरकार हो भन्ने प्रत्याभूत गराउने प्रतिबद्धता व्यक्त गरेकी छन् । नेकपा (एकीकृत समाजवादी) तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यक्रममा मन्त्री झाँक्रीले समय धेरै नभएकाले जनअपेक्षा अनुसार न्यायोचित विकासको पक्षमा काम गर्ने बताइन् ।मन्त्री झाँक्रीले स्मार्ट सिटी मात्र नभई बस्न योग्य सहर बनाउनेतर्फ मन्त्रालयले ध्यान दिने बताइन् । यस्तै, मन्त्री झाँक्रीले सरकारले संविधानको रक्षा र कार्यान्वयन गर्दै जनताको अपेक्षा पूरा गर्ने बताइन् ।

    • प्रकाशित मितिः आश्विन २३, २०७८
    • ३०१ पटक पढिएको
  • एमाले को शुभकामना आदान प्रदान

    विराटनगर-  नेकपा एमाले विराटनगर ८ ले शनिबार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत ११४२, ईद, ल्होसार र उधौली पर्वको अवसर पारेर नेकपा एमाले ८ न वडा कमिटीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।शुभकामना आदान प्रदान कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा प्रदेश १ का पुर्व सामाजिक विकास मन्त्री जिवन घिमिरे, एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेल प्रदेश कमिटी सदस्य बाबुराम कार्की, बिमला घिमिरे, रमेश पोखरेल, विराटनगर  महानगर कमिटी अध्यक्ष सागर थापा, जिल्ला कमिटी सदस्य  रमेश मण्डल, राजन भण्डारी,  जिल्ला कमिटी सल्लाहकार सदस्य मेघराज श्रे

    • प्रकाशित मितिः आश्विन २३, २०७८
    • ४०३ पटक पढिएको
  • मन्त्रिपरिषद्ले पूर्णता पायो, कसलाई कुन मन्त्रालय ?

    प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी छन् । मन्त्रिपरिषद विस्तार गर्दा प्रधानमन्त्री देउवाले केही मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन्।नवनियुक्त मन्त्रीहरुमा नेपाली कांग्रेसबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा दिलेन्द्रप्रसाद बडू, रक्षा मन्त्रीमा मिनेन्द्र रिजाल, खानेपानी मन्त्रीमा उमाकान्त चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा रेग्मी भएका छन् ।प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले यसअघि कानुनमन्त्री रहेका ज

    • प्रकाशित मितिः आश्विन २२, २०७८
    • ३०९ पटक पढिएको
  • जसपाले मन्त्री हुनेहरुको सूची प्रधानमन्त्री देउवालाई बुझायो

    काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । शुक्रबार बिहान बसेको जसपाका नेताहरुको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाएको सांसद रेणु यादवले जानकारी दिए ।शेरबहादुर देउवा नेतृत्वको सरकारमा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, सांसदहरु रेणु यादव, रामसहायप्रसाद यादव र प्रमोद साह सहभागी हुनेछन् । प्रधानमन्त्री देउवालाई जसपाले चार मन्त्रीको नामसूची बुझाएको छ । मन्त्रीहरुको शपथ आजै साँझ हुने बताइएको छ ।

    • प्रकाशित मितिः आश्विन २२, २०७८
    • २४१ पटक पढिएको
  • कांग्रेसबाट थपिने मन्त्रीको छिनोफानो : मिनेन्द्रलाई रक्षा, दिलेन्द्रलाई कानुन

    काठमाडौँ —  नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीबाट मन्त्री हुनेहरूको नाम टुंगो लगाएका छन् । कांग्रेसले पाएकामध्ये ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, दिलेन्द्रप्रसाद बडूलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्री, उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, मिनेन्द्र रिजाललाई रक्षा, उमाकान्त चौधरीलाई खानेपानी मन्त्री बनाउने टुंगो लागेको हो ।कांग्रेसबाट यसअघि बालकृष्ण खाँण गृह, नारायण खड्का परराष्ट्र र उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री भइसकेका छन् । कानुनमन्त्री रहेको कार्कीलाई देउवाले सञ्चार मन्त्रालयको जिम्मेवारी दिने भएका हुन् ।

    • प्रकाशित मितिः आश्विन २२, २०७८
    • २९५ पटक पढिएको
  • माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्रीकाे नाम टुङ्गो लगायाे

    काठमाडौं—नेकपा माओवादी केन्द्रकाे स्थायी कमिटीकाे बैठकले तीन मन्त्री र एक राज्यमन्त्रीकाे नाम टुंगो लगाएको छ । माओवादी केन्द्रका नेता देबगुरुङका अनुसार माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छन् ।यस्तै, बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ । उनीहरुले पाउने मन्त्रालयको भने टुङ्गो नलागेको उनले बताए । 

    • प्रकाशित मितिः आश्विन २०, २०७८
    • २९७ पटक पढिएको
  • प्रदेश नं २ मा मुख्यमन्त्री राउतलाई दुई तिहाइको समर्थन

    प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले दुई तिहाइको समर्थन पाएका छन् । जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले आज विश्वासको मत मागेका थिए । प्रदेशसभामा भएको मतदानमा राउतको पक्षमा ७७ मत परेको छ । यो कूल प्रदेशसभा सदस्य सङ्ख्या १०४ को दुई तिहाइ हो । राउतलाई उनकै दल जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र) तथा पाँच दलीय गठबन्धनमा रहेको नेकपा(एकीकृत समाजवादी)का सांसदले मत दिएका छन् । उनको विपक्षमा २३ मत परेको छ । राउतको विपक्षमा लोसपा र नेकपा (एमाले)का सांसदले मत दिएका हुन् । आजको मतदानमा प्रदेशसभाका

    • प्रकाशित मितिः आश्विन २०, २०७८
    • ३५३ पटक पढिएको
  • ललिता निवास प्रकरणमा मैले एक पैसा पनि हिनामिना गरेको छैन : उपसभापति गच्छादार

    नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूले एक पैसा पनि हिनामिना नगरेको दावी गरेका छन् । बुधबार गृहजिल्ला सुनसरीको बर्जु गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति गच्छदारले सो जग्गा प्रकरणमा एक पैसा मात्रै आफूले हिनामिना गरेको कसैले प्रमाणित गरे फाँसीमा झुण्डिन तयार रहेको चेतावनीसमेत दिए । उपसभापति गच्छदारले भने, ‘मैले ललिता निवास जग्गा प्रकरणमा एक पैसा पनि हिनामिना गरेको कसैले प्रमाणित गरिदियो भने म मृत्युदण्ड भोग्न तयार छु । फाँसीमा झुण्डिन तयार छु । मेरो चुनौति छ–राज्यसँग । मेरो चुनौति छ कि मैले मेरो देशको सार्वजनिक सम्पत्ति एक लाल पैसाको सम

    • प्रकाशित मितिः आश्विन २०, २०७८
    • ३०८ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल