भारतको जम्मू कश्मीरको उधमपुर जिल्लाको पाटनीटप नजिकैको पहाडमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना भएको छ । 

मङ्गलबार बिहान भएको सो दुर्घटनामा हुँदा दुई पाइलटको मृत्यु भएको छ । मृत्यु हुनेमा सेनाका उड्डयन हेलिकप्टरका पाइलटहरु, मेजर रोहित कुमार र मेजर अनुज राजपूत रहेका छन् ।

दुर्घटनामा दुवै गम्भीर घाइते भएपछि उनीहरूलाई तत्काल उद्धार गरी हेलिकप्टरबाट अस्पताल लगिएको थियो । उनीहरूको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।