बिराटनगर- संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फेले पहिचानका आधारमा प्रदेशको नामाकरण गर्न माग गरिन । सोमबारको प्रदेशसभा बैठकमा विशेष समयमा बोल्दै उनले पहिचानका आधारमा नामाकरण गर्न माग गरिन । उनले पहिचान  विरोधी नामकण गर्ने निर्णय भए त्यसलाई मान्न नसकिने  चेतावनी दिइन ।

उनका अनुसार  ऐतिहाँसिक रुपमा लिम्बुवानको राजधानी विजयपुर थियो । गोर्खाली सेना र लिम्बुवानी सेनाबीचको युद्धमा कसैको हारजित नभएकाले १८३१ मा सम्झौता भई लालमोहर लगाइएको थियो । अरुण पूर्व लिम्बुवान र अरुण पश्चिम खम्बुवानलाई तत्कालीन राज्यले मान्यता दिएको थियो । लिम्बुवान विगतकै भूमि व्यवस्था लागिएको थियो । लिम्बुवानी जिउँदो भूमि भएकाले विगतमा भएका सम्झौता लागू  हुनुपर्ने उनँको माग छ ।

उनले  एतिहासिक नामकरण गर्ने हो भने लिम्बुवान, खम्बुवान र किराँत हुनुपर्ने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराइन ।  उनले पहिचान विरोधी नाम राखिए आउने असामान्य अवस्थाको जिम्मेवारी प्रदेश सरकारले लिनुपर्ने चेतावनी दिइन ।

प्रदेशमा वहुजातीय र वहुपहिचानको आधारमा नामकरण हुनुपर्ने र देश संकटमा परेको अवस्थामा प्रदेशको नामकरण प्रस्ताव गर्दा हतारो हुने उनको धारणा छ । कोरोना कालमा जनतालाई घरमा थुनेर प्रदेशको  नामाकारणको  प्रस्ताव ल्याउनु  उचित नभएको उनले बताईन ।