विराटनगर-  मोरङमा हावाहुरी र वर्षासहित परेको चट्याङले लागेर गय राति एक जनाको मृत्यु भएको छ । चट्याङ्ले लाग्दा बेलबारी नगरपालिका–५ कसेनीका ३८ वर्षीय मनीराम चौधरीको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार घरको बरण्डामा खाना खाइरहेका बेला घरनजिकै परेको चट्याङ्ले लागेर चौधरी घाइते हुनु भएको थियो । साँझ ७ः३० बजेतिर चट्याङ्ले लागेर गम्भीर घाइते भएपछि उपचारका लागि ल्याउँदै गर्दा राति ८ बजेतिर बाटैमा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।