विराटनगर-  मोरङको बेलबारी र सुन्दरहरैँचा घर भएका कोरोना भाइरस सङ्क्रमित दुई जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक महिला र एक वृद्ध पुरुष छन् । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० का ७२ वर्षीय वृद्ध पुरुषको हिजोसाँझ ५ः३० बजेतिर मृत्यु भएको हो । प्रतिष्ठानका सह–प्रवक्ता डा. चूरामणि पोखरेलका अनुसार वैशाख १० गते कोरोना पुष्टि भएका वृद्धलाई भोलिपल्ट उपचारका लागि भर्ना गरिएको थियो ।

त्यस्तै बेलबारी नगरपालिका –९ घर भएकी ५६ वर्षीया महिलाको हिजोसाँझ ६ः३० बजेतिर प्रतिष्ठानमै मृत्यु भएको छ । उनलाई जेठ २ गते कोरोना पुष्टि भएको थियो । उपचारका लागि जेठ ३ गते प्रतिष्ठान भर्ना गरिएकी महिलालाई बचाउन नसकिएको डा. पोखरेलको भनाइ छ।