विराटनगर - विराटनगर महानगरपालिकाले आईतबारबाट विराटनगर–१ भट्टाचौकमा संचालन गरेको आईसोलेशन सेन्टरलाई शिक्षादीप कलेज विराटनगरले अक्सिजन सिलिन्डर र पोरखिया ऋण तथा बचत सहकारीले एम्बुलेन्स सहयोग गरेकोेछ ।
शिक्षादीप कलेजले एकसय थान सिलिन्डर आज महानगर प्रमुख भीम पराजुलीलाई हस्तान्तरण गरेको हो । कलेजका निर्देशक ज्ञानबहादुर खड्कालले प्रमुख पराजुलीलाई एकसय थान अक्सिजन ग्यास सिलिन्डर उपलब्ध गराइएको बताए ।
यस्तै पोखिरया ऋण तथा बचत सहकारीको स्वामित्वमा रहेको एम्बुलेन्स समेत कोरोना संक्रमितलाई ल्याउन र लानका लागि सहज होस् भन्ने उधेश्यले आईसोलेशन सेन्टरलाई हस्तान्तरण गरिएको विराटनगर–१ का वडा अध्यक्ष उद्धव अर्यालले बताए ।

