विराटनगर- विराटनगरको कोसी अस्पतालमा छुट्टै अक्सिजन प्लान्ट राखिने भएको छ । अमेरिकी नेपाल मेडिकल फाउन्डेशनको सहयोगमा प्लान्ट राख्न लागिएको बताइएको हो ।
कोसी अस्पताल विराटनगरमा अक्सिजन प्लान्ट राख्नका लागि संरचना तयार गरिसकिएको छ । मेसिन आउन केही समय लाग्ने कोसी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए ।सहयोगी संस्थाले बैशाख अन्तिमसम्म प्लान्ट विराटनगर ल्याउने आश्वासन दिएको उनले सुनाए । ‘
बैशाख अन्तिमसम्म मेसिन आउने जानकारी पाएका छौं, संरचना तयारी अवस्थामा छ,’डाक्टर दासले भने,‘फाउन्डेशनले जतिसक्दो चाडै पठाउने बचन दिएको उनको भनाई छ ।’ कोरोना महामारीको दोस्रो लहर सुरुभएसँगै अक्सिजनको खपत बढेकाले सहयोगी संस्थालाई चाडो मेसिन उपलब्ध गराउन आग्रह गरिएको उनले बताए ।
दैनिक एकसय सिलिण्डर उत्पादन गर्ने अक्सिजन प्लान्ट राख्न लागिएको उनले बताए । अक्सिजन प्लान्ट नहुँदा निजी उद्योगले उत्पादन गरेको अक्सिजन खपत गरिरहेको दासले बताए ।

