विराटनगर - पहिलो निर्वाचित मेयर अशोक कोइरालाको निधनको शोकमा विराटनगर महानगरपालिकाले आज एक दिन विदा दिएको छ । कोइरालाको निधनको शोकमा महानगरले सार्वजनिक विदा दिएको हो ।

पूर्व मेयरको शोकमा अत्यावश्यकबाहेक नगर क्षेत्रभित्र सार्वजनिक विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिए । विराटनगर उपमहानगरपालिकाका संस्थापक मेयर कोइरालाले २०४८ सालमा मेयरमा निर्वाचित भएर २०५४ सालसम्म काम गरेकाथिए ।