विराटनगर - नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलको नेता टंक आङवुहाङ एमाले केन्द्रीय सदस्यमा मनोनित भएका छन् । अध्यक्ष ओलीले शुक्रबार रामबहादुर थापा वादल समूहबाट थपिएका २२ जना केन्द्रीय सदस्यमा आङवुहाङ पनि छन् । उनी ताप्लेजुङबाट निर्वाचित प्रदेशसभा सदस्य हुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गत पुस ५ को कदम पछि दाहाल नेपाल समूहबाट प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका उनी केही समय अघि दाहाल नेपाल समूहबाट अलग भएको भन्दै बताएकाथिए ।
संसदीय दलको नेता नै एमाले केन्द्रीय सदस्य भएपछि चैत २ गतेको बैठकमा के गर्ने भन्नेमा माओवादी केन्द्रमा अलमल भएको छ । पार्टी एकीकरण अघि माओवादीले संसदीय दलको नेता मात्र चयन गरेको थियो ।
पार्टी एकीकरण पछि आङवुहाङ संसदीय दलको उपनेता थिए । चैत २ गतेको बैठक अघि नै माओवादी केन्द्रको भेला काठमाण्डौंमा बोलाईएका कारण सो बैठकमा उपस्थित हुने संभावना कम भएको प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्वोले बताए ।

