विराटनगर– मोरङको उर्लावारीमा निर्माण गर्न लागिएको सन्थाल वस्तीको सिलान्यास गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउदै छन् । प्रधानमन्त्री ओली झापामा अस्पताल उद्घाटन पछि सन्थाल वस्तीको शिलान्यासका लागि उर्लावारी आउने भएका हुन ।
शहरी विकास मन्त्रालयले उर्लाबारी नगरपालिकासँगको समन्वयमा सन्थाल जातिको एकीकृत वस्ती निर्माण गर्ने योजना अनुसार प्रधानमन्त्री ओलीले वस्तीको शिलान्यास गर्न लागेका हुन ।
उर्लावारी ९ को रातेहोली क्षेत्रमा सन्थाल समुदायका लागि १३२ घर निर्माण गरि उर्लावारी नगरपालिका उपप्रमुख लक्ष्मी भण्डारीले बताईन । उपप्रमुख भण्डारीका अनुसार घडेरी भएकाहरुलाई घडेरी भएकै स्थानमा थप २६ घर निर्माण गरिने छ । उनले भनिन्,‘घर बनाउने जमिन भएकाहरुलाई उनीहरुले खरिद गरेकै स्थानमा घर बनाईने छ ।’ उर्लाबारी नगरपालिकाले गरेको सर्भेक्षण अनुसार १०६ घर परिवार सन्थालको छ ।
शहरी विकास मन्त्रालयले रातोहोली खोल्सीको किनारमा २६ उराव र १०६ सन्थाल जातिको गरी कुल १३२ वटा घर निर्माण गर्न लागेको हो । पुरै वस्ती निर्माणका लागि ३० करोड रकम खर्च हुने अनुमान गरिएको छ ।
एकीकृत वस्ती विकास सन्बन्धी कार्यविधि २०७५ अनुसार नै सन्थाल वस्तीको निर्माण स्थानिय प्रविधि, सिप र सामाग्री प्रयोग गरी प्रत्येक परिवारका लागि कम्तीमा २ सयन कोठा, एक भान्साघर र एक शौचालयको व्यवस्था गरिने बताईएको छ ।

