विराटनगर, ७ फागुन । ७१ औ प्रजातन्त्र दिवसको अवसरमा प्रदेश १ सामाजिक विकास मन्त्रालयले फलफूल वितरण गरेको छ । विराटनगरका विराटेश्वर बृद्धाआश्रम, मानव सेवा आश्रम र महिला जागृती केन्द्रका बृद्धबृद्धालाई फलफूल र विहानको खाना खुवाईएको सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिनुभयो ।
उहाँका अनुसार महिला जागृती केन्द्रका आश्रित बृद्धाहरुलाई विहानको खाना र विराटेश्वर बृद्धाआश्रम र मानव सेवा आश्रममा फलफूल वितरण गरिएको छ । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, सामाजिक विकास महाशाखा प्रमुख बराल लगायतको उपस्थिति रहेको थियो ।

