विराटनगर ५ फागुन । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेका अपराधीलाई प्रहरीले आज सार्वजनिक गर्दैछ ।
पक्राउ परेका व्यक्ति भागरथी पढ्ने सनातन माविमै अध्ययनरत विद्याथी रहेको र उनि दिनेश भट्ट हुन् । कक्षा ११ मा अध्ययनरत दिनेश भागरथीको छिमेकीसमेत र आफन्त रहेका छन् । उनलाई हिजो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले शंकाको घेरामा राखेका ती युवक भागरथीको बलात्कार तथा हत्या आरोपी पक्राउ गर्न गरिएको प्रदर्शनमा समेत सहभागी हुँदै आएका थिए । यथेष्ठ प्रमाण पछि उनलाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।
विद्यालयबाट फर्कने क्रममा भागरथीलाई बलात्कार र हत्या गरेको ती युवकले स्वीकारिसकेको प्रहरी स्रोतले जनाएको छ । भागरथीको बलात्कार पछि हत्या भएको १२ दिनपछि प्रहरीलाई सफलता मिलेको छ ।
दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भट्टको शव माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो ।यति जघन्य अपराधमा पक्राउ परेका आरोपीले बदला लिन यो घटना गराएको बहाना बनाएका छन् ।
‘छिमेकी दुई परिवारबीचमा पुरानो रिसइबी देखिन्छ, भागरथीका बाबुको पालाको प्रतिशोध लिन छोरीलाई बलात्कार गरेको बयान आरोपीले दिएका छन्,’ अनुसन्धानमा आबद्ध एक अधिकृतले बताएकाछन ।
अन्य परिस्थितिजन्य प्रमाणले पनि उनको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ ।

