विराटनगर

    Showing १३१-१४० of ९४९ items.
  • कारागार भित्र असुरक्षा बढेकोमा मानवअधिकारकर्मी चिन्तित

    विराटनगर-जिल्ला कारागार मोरङ शाखा भित्र रहेका कैदिबन्दीहरु असुरक्षित भएको भन्दै मानवअधिकारकर्मीैहरुले चिन्ता ब्यक्त गरेका छन । उनीहरुले कारागारमा बढेको असुरक्षाका बारेमा अध्ययन सुरु गरेका छन । मोरङ जिल्ला कारागारमा मात्रै डेढ बर्षमा १७ जनाले ज्यान गुमाएका छन । कारागार भित्र बढीरहेको मृत्यूलाई मानवअधिकारकर्मीले गम्भिर चासो लिएका छन् । आर्थिक बर्ष २०७७/०७८ मा ११ जनाको मृत्यु भएको छ । यसैगरी यो आर्थिक बर्षको अहिलेसम्ममा सात जनाको मृत्यु भएपछि मानवअधिकारकर्मीहरुले मंगलबार कारागार प्रशासनमा गएर बस्तु स्थितिको जानकारी लिएका छन । मंगलबार एड्भोकेसी फोरमकी अधिवक्ता रुक्मिणा दाहाल, मानवअधिकारक

    • प्रकाशित मितिः पुष १४, २०७८
    • ६८४ पटक पढिएको
  • दोश्रो पटक विराटनगरको मेयर भएर अधुराकाम पुरा गर्ने इच्छा छ :मेयर पराजुली

    विराटनगर-नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यमा निर्वाचित भएर सोमबार विराटनगर आइपुगेका मेयर भीम पराजुलीले कोभिड र बाढी पहिरोको कारण पहिलो कार्यकालमा काम गर्न नपाएकाले अब दोश्रो पटक मेयर भएर अधुराकाम गर्ने योजना बनाएको खुलाएका छन । पहिलो कार्यकालमा बाँकी रहेका महत्वपूणर् योजना मध्ये भेडियारीको महाभारतकालिन विराट राजाको दरबार निर्माण गर्ने उनले विमानस्थलमा संचालकर्मीसंग बताए । आफु केन्द्रिय सदस्यमा निर्वाचित भएपनि निर्वाचनमा पराजय भएका सबैलाई समेटेर लिएर अघि बढ्ने बताए । पार्टीले टिकट दिएमा आफुले मेयरमा दोहोर्‍याउने तर अन्य सकैलाई टिकट दिएमा पनि आफुले त्यो उम्मेदवारलाई सघाउने

    • प्रकाशित मितिः पुष १२, २०७८
    • ७८६ पटक पढिएको
  • म २० औं नम्बरमा होइन मलाई प्राप्त मतका आधार मेरो हैसियत हो : कोइराला

    विराटनगर-१४ औं महाधिवेशनबाट सभापतिको दौडमा दोश्रो नम्बरमा रहेका डा.शेखर कोइरालाले आफु पार्टीको बरियातामा २० औं नम्बरमा भएपनि आफुले प्राप्त गरेको १८ सय ५५ मत नै आफ्नो बरियाता रहेको उनले बताएका छन । १४ औं महाधिवेशन सम्पन्न गरि गृहनगर विराटनगर आएका कोइरालाले आफुले परिवार भित्रकै भाइ, बैनीहरु र नेताहरुलाई मिलाएर लान नसकेको कारण आफुले गणीतिय हार ब्यहोर्नु परेको बताए । उनले भने‘मैले भाइ, बैनी र मेरै नेताको चित्त बुझाउन सकिन, त्यो नै मेरो कमजोरी थियो ।’पार्टी भित्र हिजो केन्द्रिय सदस्य हुदा पनि आफुले जुन भूमिका निर्वाह गरेको थिए त्यो भन्दा बढी भूमिका अब निर्वाह गर्ने बताउदै कोइरालाले आफुले अब ती

    • प्रकाशित मितिः पुष १२, २०७८
    • ७३८ पटक पढिएको
  • उद्योगी एवंम समाजसेवी गोयलद्वारा १८० विद्यार्थीलाई न्यानो कपडा वितरण

    विराटनगर उद्योगी एवम् समाजसेवी दीनबन्धु गोयलले विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेका छन् । विराटनगर ६ रामपुरस्थित जनचेतना आधरभूत विद्यालयमा अध्ययरत १ सय ८० जना विद्यार्थीहरूलाई जाडोमा लगाउने ट्रयाकसुट आइतबार एक कार्यक्रम आयोजना गरि वितरण गरिएको हो ।दीनबन्धु गोयलका आफ्ना दाजु ओमप्रकाश गोयलका स्मृतिमा विद्यार्थीलाई जाडो न्यानो हुने ट्रयाकसुट वितरण गरेका थिए । कार्यक्रममा समाजसेवी गोयलले विपिन्न परिवारका सदस्यहरुलाई जाडोमा न्यानो पार्न ट्रयाकसुट सहयोग गरेको बताए । सामुदायिक विद्यालयका धेरै जसो विद्यार्थीको अवस्था दयनीय देखेर आफूले दाजुका स्मृतिमा जाडोको न्यायो कपडा पार्ने ट्रयाकसुट बितरण गरेको उनले

    • प्रकाशित मितिः पुष १२, २०७८
    • ४०८ पटक पढिएको
  • जिल्ला खेलकुद प्रमुख कँडेलको विदाई

    विराटनगर-मोरङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुशील कँडेलको अवकाश पछि बिदाइ गरिएको छ । अवकास प्राप्त कँडेलको आइतबार विराटनगरमा बिदाइ गरिएको हो । खेलकुद कार्यालयमा रहेर उनले २५ वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएका थिए । कँडेलको बिदाइ गर्दै मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रोहित कोइरालाले अबको जीवन यात्रा थप सुखमय रहने र खेलकुद क्षेत्रमा नै जीवन व्यतित हुन आशा गरेको बताए । कँडेलको खेलकुद कार्यालयको एउटा पद्धितबाट मात्रै बिदाइ भएको हो । तर, उनको योगदान खेलकुद क्षेत्रमा आवश्यक पर्ने भएकाले अझ थप सहयोग हुने कुरामा विश्वास रहेको उनले बताए । विगतको प्रदेश सरकारले खेलक

    • प्रकाशित मितिः पुष १२, २०७८
    • ४८३ पटक पढिएको
  • पराजित मोरङका अग्रज नेतालाई पनि साथै लिएर अगाडि बढ्छौं : अर्याल

    विराटनगर-नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य अमृत अर्यालले महाधिवेशनसँगै कांग्रेसभित्रको गुट-उपगुटको अन्त्य भएको बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै अर्यालले गाउँदेखि केन्द्रसम्म समूह बनाएर निर्वाचनमा प्रतिस्पर्धा गरे पनि महाधिवेशन सम्पन्न भएसँगै पार्टीभित्रको गुटहरू समाप्त भएको दाबी गरे । “म गुटभन्दा पनि विचार समूह भन्न रुचाउँछु, पार्टीको महाधिवेशन सम्पन्न भइसकेकाले सबै विचार समूहलाई समेटेर कांग्रेसलाई सुदृढ र सशक्त पार्टी बनाउनेतर्फ ध्यान दिनुपर्छ,” अर्यालले भने, “महाधिवेशनमा शेरबहादुर दाइ, शेखर दाइ, विमलेन्द्र दाइ र प्रकाश दाइको विचार समूहबीच प्र

    • प्रकाशित मितिः पुष १२, २०७८
    • ३११ पटक पढिएको
  • ‘फेसन फेस्ट एण्ड म्युजिक फर च्यारिटी २०२१’ सम्पन्न

    विराटनगर-थालासेमिया पिडित बिरामीको उपचारका लागि मोरङको विराटनगरमा आयोजित ‘च्यारिटी सो’ सम्पन्न भएको छ ।क्रिसमस इभको अवसर पारेर शुक्रबार विराटनगरको कञ्चनजंघा ब्यान्केटमा ‘फेसन फेस्ट एण्ड म्युजिक फर च्यारिटी २०२१’ सम्पन्न भएको हो । हालसम्म मोरङ, सुनसरी र प्रदेश २ का विभिन्न जिल्लाका गरि सम्पर्कमा आएका १०५ जना थालासेमिया पिडित बिरामीहरु उपचारमा सहयोग पुर्याउन कार्यक्रमको आयोजना गरिएको थियो । सम्पर्कमा आएका बिरामीहरुमध्ये सुरुवाती चरणमा कम्तीमा २० परिवारको स्वास्थ्य बिमा गर्ने तयारी गरेको आयोजक संस्थाका अध्यक्ष भुवन दाहालले कार्यक्रमको दौरान बताए ।आवर प्रोडक्सन कम्पनीको आयोजनामा सम्पन्न उक्त कार्य

    • प्रकाशित मितिः पुष ११, २०७८
    • १,१८७ पटक पढिएको
  • दुई मुलुकका औद्योगिक र व्यवसायीक सहकार्यका लागि सहजिकरण गर्ने श्रीलंकाली राजदुतको भनाई

    विराटनगर-उद्योग संगठन मोरङ र श्रीलङ्काली राजदूतबीच भेटवार्ता भएको छ । भेटका अवसरमा व्यवसायीक तथा व्यापारिक सम्बन्ध, उद्योग व्यवसायको प्रवद्र्धन र विकासका लागी आपसी अनुभव, सिप तथा ज्ञान, प्रविधि, पर्यटन, व्यापार तथा लगानीका क्षेत्रमा सहकार्य तथा साझेदारीको सम्भावनाका सम्बन्धमा नेपालका लागी श्रीलङ्काका राजदूत हिमाली अरुणतिलकासँग भेटघाट तथा छलफल गरेको छ ।नेपालस्थित श्रीलङ्कालीे दुताबास काठमाडौंमा पुस ५ गते भएको भेटघाटका अवसरमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले दुई देशबीच पौराणिक कालदेखि नै मित्रवत सम्बन्ध रहँदै आएकोले धार्मिक, सांस्कृतिक तथा आर्थिक क्रियाकलापहरूमा समेत भएको समानतालाई आर्थिक एवं व्

    • प्रकाशित मितिः पुष ११, २०७८
    • ३४२ पटक पढिएको
  • आगमी आर्थिक बर्षमा प्रदेश १ मा प्रतिव्यक्ती आयमा ६५ डलर बृद्धि हुने, जिडिपीमा ५१ अर्बको थप योगदान

    विराटनगर-चालुआर्थिक बर्षको बजेटले प्रदेश १ मा बसोबास गर्ने नागरिकको प्रतिब्यक्ती न्यूनतम बार्षिक आय १ हजार २ सय ४५ अमेरिकी डलर पुगेको उल्लेख गरेपनि न्यूनतम साझा कार्यक्रम लागु भएपछि आगामी बर्ष अर्थात आर्थिक बर्ष २०७९/२०८० मा यो ६५ रुपैयाँले बृद्धि भई १ हजार ३ सय १० डलर पुग्ने आँकडा प्रस्तुत गरिएको छ । साझा कार्यक्रममा उल्लेख भएअनुसार अहिलेको चालु आवमा प्रदेश सरकारको कुल बजेट ३२ अर्ब ४६ करोड रहेकोमा आगामी आवमा यो बढाएर ३५ अर्ब ७१ करोड पुर्‍याउने लक्ष लिइएको छ । हाल प्रदेशको बार्षिक आर्थिक बृद्धिदर ४ दशमलव ९० प्रतिशत रहेकोमा आगमी बर्ष ६ दशमलव २० प्रतिशत पुर्‍याइने उल्लेख छ । मुलुकको कु

    • प्रकाशित मितिः पुष ११, २०७८
    • ५५२ पटक पढिएको
  • धर्म निरपेक्षता व्यवहारमा अझै लागु भएको छैन : मुख्यमन्त्री राई

    कृष्णकुमार दाहालविराटनगर-संविधानले धर्मनिपेक्षताको व्यवस्था गरेपनि अहिलेसम्म अन्य धर्मालम्बीहरुले त्यसको अनुभूति गर्न नपाएको प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले उल्लेख गरेका छन । उनले ख्रीष्टमसको पूर्वसन्ध्यामा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा दमकमा उक्त कुरा बताएका हुन । मंगलबार दमकमा प्रदेश १ इसाई समाजले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राईले संविधानमा देश धर्म निरपेक्ष भएपनि त्यसको कार्यान्वयनमा पुरानै पारा देखिएको बताए ।नेपाली इसाईलगायत अन्य गैह्र हिन्दु धर्मावलम्बीहरूले अझै धार्मिक स्वतन्त्रता नपाएको बताउदै राईले भने ‘पृथ्वी नारायण शाहको पालामा लिखित रुपमै

    • प्रकाशित मितिः पुष ६, २०७८
    • ३६९ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल