शिक्षा

    Showing २१-३० of ४६ items.
  • अभियान्ता भन्नेहरू निजी विद्यालय धराप बनाउन लागे : अध्यक्ष पुरी

    विराटनगर-  प्याब्सन नेपालका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले आफुलाई शैक्षिक अभियान्ता भन्नेहरूले निजी विद्यालयहरू धराप बनाउन लागि परेको आरोप लगाएकाछन । प्याब्सन नगर समिति विराटनगरको बिहिबार भएको अधिवेशनको उदघाटन गर्दै अध्यक्ष पुरीले शैक्षिक अभियान्ता भन्नेहरू सुनियोजित रूपमा निजी विद्यालयहरू धराप बनाउन लागि परेको बताए । कुनै सरोकार नभएका व्यक्तिहरू अहिले निजी विद्यालयहरूको विरोधमा लागि परेको उनको भनाई छ । ‘सरोकारवाला हाम्रो अभिभावक भएको भए हामी मान्छौं । तर, कुनै रिलेसन नभएका र सम्बन्ध लगाएर हाम्रो विरोध गर्नेको अब हामीले खबरदारी गरेर अगाडी बढनुपर्ने बेला आएको छ,’ उनले भने । अध्यक्ष पुरील

    • प्रकाशित मितिः भदौ ३१, २०७८
    • ८६६ पटक पढिएको
  • ग्रामीण विकास समाज केन्द्रद्धारा १ सय ५० जना छात्रछात्रालाई शैक्षिक सामग्री वितरण

    विराटनगर-  बालदिवसकै अवसरमा विराटनगरस्थित ग्रामीण विकास समाज केन्द्रले १ सय ५० जना छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेको छ ।समाजले विराटनगर–१२ स्थित बखरी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न समुदायका १ सय ५० जना छात्रछात्रालाई स्कुल ब्यागसहितका शैक्षिक सामग्री वितरण गरेको हो । स्कुल परिसरमा आज आयोजित बालदिवस विशेष कार्यक्रमका बीच प्रदेश एकका सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले समाजको तर्फबाट विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरे। सो अवसरमा बोल्नुहुँदै मन्त्री साम्सोहाङले बालबालिकाहरु देशको भविष्य रहेको उल्लेख गर्नुहुँदै यस क्षेत्रमा थप कामहरु गर्नुपर्ने आवश्यकता रहेको बताए

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • ५४६ पटक पढिएको
  • बाल गृहमा रहेका बालबालिकाहरुवीच बक्तृत्वकला

    विराटनगर-  प्रदेश १ का बाल गृहमा रहेका बालबालिकाहरुवीच  प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा कोरोना संक्रमण :बालबालिकाको भोगाई र शिक्षामा असर विषयक प्रतियोगितामा १२ वटा बालगहृका बालबालिकाको सहभागिता रहेको थियो । प्रतियोगितामा सिविन नेपाल विराटनगरकी विनिका शर्मा प्रथम भएकी छन् । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरिन । प्रतियोगितामा महिला विकास तथा बालबालिका चेतना केन्द्र (नमूना बालगृह) उर्लाबारीकी आस्था परियार द्वितिय, एसओएस बालग्राम इटहरीकी पुष्पा यादव तृतीय र तारा नमस्ते बालग्राम विर्तामोडकी भावना चौहान सान्तवना भएका थिए । बक्

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • ४४७ पटक पढिएको
  • कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट हुने

    विराटनगर — यसअघि स्थगित कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट पुनः सञ्चालन हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सो निर्णय गरेको हो ।परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार कक्षा १२ को परीक्षा भदाै ३० देखि असाेज ८ गतेसम्म सञ्चालन हुनेछ । यसअघि साउन ३१ गतेबाट भाैतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने तय गरिएकाे थियो । तर काेराेनाकाे संक्रमण नियन्त्रण नभएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुराेधमा परीक्षा स्थगित गरिएकाे थियाे । 

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • ४६० पटक पढिएको
  • सरकारले अनुमति दिएलगत्तै कक्षा १२ को परीक्षा गर्ने बोर्डको तयारी

    परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिए कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गर्न तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरूले जानकारी दिएका छन् ।कोरोना भाइरसको सङ्क्रमणकै बीचमा त्रिभुवन विश्वविद्यालयका परीक्षा नियमित रूपमा सञ्चालन भए पनि कक्षा १२ को स्थगित परीक्षाको अन्योल अझै हट्न नसकेको बेला यस्तो धारणा आएको हो । बोर्डका कक्षा ११ र १२ हेर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट अनुमति पाएलगत्तै परीक्षा लिन तयारी अवस्थामा रहेको जानकारी दिए । कक्षा १२ मा अध्ययनरत विद्यार्थीले पूर्णरूपमा खोप लगाउन पाए

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • ४०५ पटक पढिएको
  • वैजनाथपुरको एउटा विद्यालयमा चोरी

    विराटनगर- विराटनगरको एउटा विद्यालयमा चोरी भएको छ । महानगरपालिका–१९ वैजनाथपुरस्थित पञ्चकन्या आधारभूत विद्यालयको भेन्टिलेसन तोडेर चोरी गरिएको प्रधानाध्यापक सुवासचन्द्र रेग्मीले जानकारी दिए । प्रअ रेग्मीको कार्यकक्षको भेन्टिलेसन तोडेर कम्प्युटर, प्रिन्टर, सिलिङ पंखा र इन्टरनेटको राउटर चोरी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार भेन्टिलेसनबाट प्रअको कार्यकक्षमा पसेर रातको समयमा चोरी गरिएको पाइएको छ । विद्यालयले झण्डै एक लाख मूल्य बराबरको चोरी भएको जानकारी प्रहरीलाई दिएको छ । चोरीमा संलग्नको पहिचान हुन नसकेको र खोजी तीव्र पारिएको डीएसपी श्रेष्ठले बताए ।

    • प्रकाशित मितिः भदौ ९, २०७८
    • ३९७ पटक पढिएको
  • प्रदेश १ मा ११ जनाको मृत्यू, ८ सय ४१ जनामा कोरोना संक्रमण

    विराटनगर-प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४१ जनामा कोरोना संक्रमण देखिएको छ । मृत्यू हुनेमा ७ महिला र ४ पुरुष रहेका छन ।  १ हजार ५१४ जनाको पीसीआर परीक्षण गर्दा ३९६ र १ हजार ४७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४४५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा १३५-१३५, सुनसरीमा ८२, इलाममा २१, धनकुटामा १०, भोजपुरमा ३, पाँचथर, उदयपुर र तेर्‍हथुममा २-२, ताप्लेजुङ र खोटाङमा १-१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।झापाको दमकमा ५९, विर्तामोडमा २०, अर्जुनधारामा १३, मेचीनगरमा ११, शिवसताक्षीमा ८, कनकाई र भद्रपुरमा ७-७, कमल ग

    • प्रकाशित मितिः भदौ २, २०७८
    • ३७६ पटक पढिएको
  • ‘इतिहासमा इटहरी’ पुस्तक सार्वजनिक

    विराटनगर-इटहरीको इतिहासकाविभिन्नपक्षबारे उजागर गरिएको पुस्तकइतिहासमा इटहरी विमोचन गरिएको छ । नेप्ली मिडिया प्रा.लि.ले प्रकाशन गरेको पुस्तकलाई इटहरीकाविभिन्न क्षेत्रका ऐतिहासिकव्यक्तिहरुको उपस्थितीमाविमोचन गरिएको हो ।इटहरीकापहिलो मन्त्री रामकुमार सुब्बा, पहिलो मेयर तथावर्तमानप्रदेश सांसद सर्वध्वज साँवा, मेयर द्वारिकलाल चौधरी, इटहरीकापहिलो फिल्मनिर्मातातथाजग्गादाता हेमनारायण चौधरी र इटहरीकापहिलो स्कुल सञ्चालक डेबिट सुब्बाले संयुक्त रुपमा पुस्तकविमोचन गरेका थिए ।३३६ पृष्ठको उक्त पुस्तकमा इटहरीको कला, संगीत, साहित्य, व्यापार, शिक्षा, स्वास्थ्य, खेलकुदलगायतविभिन्नविषयसँग सम्बन्धित ऐतिहासिक घटनाक्रम

    • प्रकाशित मितिः भदौ १, २०७८
    • ७२१ पटक पढिएको
  • पूर्वाञ्चल विश्वविद्यालयको काम कारबाहीप्रति कर्मचारी असन्तुष्ट

    विराटनगर-  मोरङको सुन्दरहरैँचा नगरपालिकाको गोठगाउँमा केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालयको पछिल्ला काम कारबाहीप्रति कर्मचारी असन्तुष्ट बनेका छन् । पूर्वाञ्चल विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिले विश्वविद्यालय संचालनमा दीर्घकालीन एवं गम्भीर संकट आउन लागेको भन्दै ध्यानआकर्षण भएको जनाएको छ । एक विज्ञप्ति जारी गर्दै संघले विश्वविद्यालयका उपकुलपति डा. यादवराज कोइरालाको ध्यानआकर्षण पनि गराएको छ । महामारीले शैक्षिक गतिविधी ठप्प हुँदा विश्वविद्यालयको आम्दानी ५० प्रतिशतमा खुम्चिएको संघको ठहर छ । संघका सभापति राजकुमार सापकोटाले कोरोना महामारीले नियमित रूपमा पठनपाठन, परीक्षा लग

    • प्रकाशित मितिः श्रावण ३२, २०७८
    • ३१४ पटक पढिएको
  • अनलाइन कक्षाको शुल्क ५० प्रतिशत मात्र लिन महानगरको विद्यालयलाई निर्देशन

    विराटनगर-अनलाईन कक्षाको प्रभावकारितालाई हेर्दै विराटनगर महानगरपालिकाले अनलाइन कक्षाको ५० प्रतिशत घटाउन संस्थागत विद्यालयलाई निर्देशन दिएको छ । तर संस्थगत विद्यालयहरुले महानगरको निर्देशनमा त्रुटी रहेको भन्दै कार्यान्वयनमा आनाकानी गरेका छन । विराटनगर महानगरपालिकाले कोभिड-१९ का कारण बन्द रहेको तर अनलाइन कक्षा संचालन गरेका विद्यालयलाई विद्यार्थीका अभिभावकबाट ५० प्रतिशत मात्रै शुल्क असुल गर्न निर्देशन गर्दै गत २१ गते परिपत्र गरेको थियो । परिपत्र हचुवाको भरमा आएको र कार्यान्वयन गर्न नसकिने संस्थागत विद्यालयका संचालकहरुले बताएका छन् । विराटनगर महानगरपालिकाको प्याब्सन अध्यक्ष इन्द्र राईले १

    • प्रकाशित मितिः श्रावण २५, २०७८
    • ४३० पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल