विराटनगर–चितवनमा मात्र रहेको एकसिंगे गैंडा अब चराको स्वार्ग भनेर चिनिने कोशीटप्पु बन्यजन्तु आरक्षमा पनि देख्न पाइन थालेको छ । चितवनबाट असोज १० गते ल्याइएका पोथी गैंडा चार बर्षिय पुष्पा र तीन बर्षिय अन्जलीले पूर्वेली पर्यटकलाई तानेका छन । 


कोशी टप्पु बन्यजन्तु आरक्षको कार्यालय सुनसरीमा भएपनि आरक्ष मेधश प्रदेशको सप्तरी र कोशी प्रदेशकै उदयपुर गरि तीन जिल्लालाई समेटेर बनेको छ । जंगली भैंसी अर्नाको प्राकृतिक बासस्थान रहेको कोशी टप्पु चराका लागि पनि स्वार्गिय भूमि मानिन्छ । अझ यहाँ गैंडा थपिएपछि आन्तरिक पर्यटकको भिड नै लाग्ने गरेको नेपाल प्रकृति संरक्षण कोष कोशीटप्पुका अधिकृत बीरेन्द्र गौतम बताउछन । 

उनका अनुसार अघिल्लो बर्ष कोशीटप्पुमा १२ हजार पर्यटक आएकोमा यस बर्ष गैंडाको कारण झण्डै ६ हजार आन्तरिक र वाहिय पर्यटकहरु आउने संभावना रहेको छ । एक दिनको बाटो गाडीमा यात्रा गरेर गैंडा हेर्नका लागि चितवन पुग्ने पर्यटकहरु अहिले कोशीटप्पुमा तानिएका छन । अहिले दुईवटा पोथी गैंडा ल्याइएपनि अब फागुन तिर एउटा भाले गैंडा ल्याईने तयारी भइरहेको जानकारी उनले दिए । 

घाँसे मैदान र चरिचरणलाई दृष्टिगत गरि गैंडाको बासस्थानका लागि सप्तरीको कंचनरुप  नगरपालिका ५ मा पर्ने आरक्षको संरक्षित क्षेत्र पथरीमा दुईवटा पोथी गैंडा अहिले प्राकृतिक रुपमा नै ताराघेरा गरि राखिएको छ । उनीहरुलाई बिहान ६ बजे हात्तिसंगै जंगलमा चराउन लगिन्छ भने बेलुका ६ बजे आरक्षको प्राकृतिक रुपमा तयार गरिएको सुरक्षित क्षेत्रमा प्रवेश गर्छन । 


कोशी टप्पुवाट २०७३ मा चितवन राष्ट्रिय निकुञ्जमा १६ वटा अर्ना स्थान्तरण गरिएको थियो । स्थानीयको निकै विरोधका वावजुद स्थान्तरण गरिएका ति सवै अर्ना चितवनमा बाघको आक्रमण र बाढीका कारण मरेपछि त्यसको सट्टामा चितवन राष्ट्रिय निकुञ्जले कोशी टप्पु वन्यजन्तु आरक्षलाई गैडा तिरेको वताइएको छ । चितवनको जस्तो कोशी टप्पुमा जंगली शिकारी जन्तु बाघ र चितुवा नभएका कारण अन्य वन्यजन्तु यहाँ सुरक्षीत रहने आरक्षका प्रमुख संरक्षण अधिकृत रमेश कुमार यादबले बताए । 


मध्यवर्ती क्षेत्र ब्यावस्थापन समिति अध्यक्ष जंगबहादुर खड्काले कोशीटप्पुको पश्चिमी क्षेत्र सप्तरीको पथरी र जमुवामा अहिले होमस्टे रहेपनि त्यसलाई अब विस्तार गरिनुपर्ने बताए । गैंडा आएपछि दैनिक पर्यटकको घुँइचो लाग्न थालेको छ । आन्तरिक र वाहिय दुवै पर्यटकलाई खाने बस्ने ब्यावस्था गर्नुपर्ने देखिएकाले मध्यवर्ती क्षेत्र व्यावस्थापन समितिले कोशीटप्पु बन्यजन्तु आरक्षको वरिपरिनै विभिन्न स्थानमा होमस्टे, हात्ति सफारी, जीप सफारीको ब्यवास्थाका लागि आरक्ष कार्यालयसंग योजना पेश गर्ने र काम अघि बढाउने बताए ।  


गैंडालाई चाहिने चरन क्षेत्र, घासे मैदान, बालुवा, पानी लगायतको सहज उपलब्धताको कारण अहिले पुष्पा र अञ्जली सामान्य ब्यावहारमा फर्की सकेका छन । उनीहरुलाई चितवन र कोशीटप्पुको वातावरण खासै फरक लागेको छैन । उनीहरुको आनीबानी र दैनिकी हेर्दा अनुमान लगाउन सकिने गौतमले बताए । 


सामान्यत पोथी गैडाले चारवर्ष पुरा गरेपछि भाले खोज्छ । पुष्पा चारवर्ष पुरा भई त्यसकालागि भाले ल्याउने तयारी भइरहेको प्रमुख संरक्षण अधिकृत यादवले वताए । उनका अनुसार पुष्पाकालागिमा भाले ल्याउदा अन्जलीलाई हान्लाकी भन्ने चिन्ता छ । अनुकुलता मिलाएर भाले गैडा ल्याउने आवश्यक तयारी भइरहेको छ । 


२०३२ सालमा स्थापना गरिएको कोशी टप्पु वन्यजन्तु आरक्ष सुनसरी, सप्तरी र उदयपुरको १ सय ७५ वर्ग किलोमिटरमा पैmलिएको छ । यो अर्ना लगायतका बन्यजन्तु र चराको संरक्षणका लागि स्थापना गरिएको हो । अर्नाको राजधानीका रुपमा चिनिएको कोशी टप्पुमा सन २०२१ को गणना अनुसार हाल ४ सय ९८ अर्ना रहेको आरक्षको तथ्याङक छ । अहिलेसम्म रैथाने, आगन्तुक र संकटापन्न गरि हालसम्म कोशीटप्पुमा ५ सय ३१ प्रजातिका चराहरु पाईएको रेकर्ड छ ।  


त्यसैगरी स्तनधारी जन्तुमा १० वटा जंगली हात्ति, १९ वटा डल्फिन, गौरीगाई, निलगाई, चितल,  लगुना, रतुवा, नीर विरालो, वन विरालो, महला विरालो, दुमसी, बँदेल, सालक, बाँदर, लंगुर, फ्याउरो, स्याल, मलसाप्रो, मुसा, न्याउरी मुसा, मगर गोही, अजंगर, सुन गोहोरो, घडियाल गोही र विभिन्न प्रजातीका साप छन । त्यसैगरी कोशी टप्पु पंक्षीको वसोवासकालागि पनि प्रसिद्ध मानिन्छ । आरक्षको तथ्याङक अनुसार यहाँ २४ वटा खरमजुर, एक सानो खरमजुर, कालो भुडिफोर र सेतो भुडिफोर छन ।